नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा क्यान्सर उपचारको चर्चा हुँदा पहिले एउटा वाक्य प्रायः दोहोरिन्थ्यो—‘औषधि विदेशबाट ल्याउनुपर्छ ।’ तर विगत चार वर्षमा यो वाक्य क्रमशः बदलिँदै गएको छ । यसको केन्द्रमा छ—काभ्रेको बनेपा नगरपालिका वडा नं. १ नालामा स्थापना भएको नेपालको पहिलो विशिष्टिकृत क्यान्सर विरुद्धका औषधि उत्पादक कम्पनी टिजिग फर्मा ।
गुणस्तरको मानकः डब्लुएचओ जिएपी र आईएसओ
टिजिग फर्माले—
- सर्टिफिकेट अफ गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (डब्लुएचओ—जिएमपी) सर्टिफिकेसन
- औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र (नेशनल जिएमपी सर्टिफिकेसन)
- आईएसओ ९००१ः२०१५ सर्टिफिकेसन
प्राप्त गरिसकेको छ ।
कम्पनीले विश्व स्वास्थ्य संगठनका मापदण्ड, औषधि उत्पादन कुशल अभ्यास संहिता, नेपालको औषधि ऐन २०३५ तथा अन्य नियमकानुन अनुसार उत्पादन कार्य सञ्चालन गरिरहेको दाबी गरेको छ ।

अस्पतालहरूसँगको सहकार्य
टिजिगका उत्पादनहरू नेपालका प्रमुख क्यान्सर उपचार अस्पतालहरुमा प्रयोग भइरहेका छन् । जस्तैः
- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन
- सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगञ्ज
- भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
- बीर अस्पताल, काठमाडौं
- नेपाल आर्मी अस्पताल, काठमाण्डौ
- नेपाल क्यान्सर अस्पताल तथा रिर्सच सेन्टर, ललितपुर
- काठमाडौं क्यान्सर सेन्टर, भक्तपुर
- नेशनल हस्पिटल फर क्यान्सर रिसर्च, ललितपुर
- पूर्वाञ्चल क्यान्सर हस्पिटल, झापा
- व्लड हस्पिटल, ललितपुर
- विराट मेडिकल कलेज टिजिङ अस्पताल, विराटनगर
- नोवेल मेडिकल कलेज अस्पताल, विराटनगर
- वि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
- कोशी प्रादेशिक अस्पताल, विराटनगर
- राप्ती प्रादेशिक अस्पताल, दाङ
- महाकाली प्रदेशीक अस्पताल, महेन्द्रनगर
- भेरी अस्पताल, नेपालगञ्ज
- सेती प्रादेशिक अस्पताल, धनगढी
- ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, काठमाण्डौ
- नेपाल मेडिसिटी अस्पताल, ललितपुर

कम्पनिका कार्यकारी निर्देशक शैलेश वैद्य भन्नुहुन्छ—‘धेरै भन्दा धेरै क्यान्सरका विरामीसमक्षऔषधिको पहुँच पुगेको छ ।’
मुल्य समायोजन मार्फत औषधिको पहुँच विस्तार
फोक्सो, स्तन, ब्लड, कोलोरेक्टल क्यान्सर कलेजो, मिर्गौलाकासाथै अन्य प्रकारका क्यान्सरका अधिकतम विरामीहरु औषधि सेवन गरेरलाभ लिइरहेका छन् ।
उनीहरुलाई आयातित औषधिको बजार मुल्यको तुलनामा ३०—५०% सम्म सस्तोमा उपलब्ध गराइएको छ । अझ बोलपत्रमार्फत खरिद भई अस्पतालबाट वितरण हुने औषधिहरुमा त ५०—७०% सम्म सस्तो रहेको कम्पनीले जनाएको छ ।
सिकल सेल एनिमिया प्रभावित क्षेत्रमा राहत
लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेका थारु जातिमा वंशाणुगत रुपमा देखिदै आएको सिकल सेल एनियाको उपचारमा टिजिग फर्माद्धारा उत्पादित औषधिको प्रयोग बढेको छ । प्रादेशिक, अञ्चल तथा जिल्ला अस्पतालहरुमा उपचारत सिकल सेल एनेमियाका बिरामीहरुमा औषधिको प्रभाव देखिएको छ । डाक्टरहरुको विश्वास बढेको छ । सम्वन्धित अस्पतालहरुबाट औषधि उपलब्धता तथा प्रभावकारिताको सम्बन्धमा धेरै राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ । विगतमा आयातित औषधिमा निर्भर हुनुपर्दथ्यो 
निर्यातको अभ्यास
यस उद्योगले आफ्नो उत्पादन बजारविक्रि वितरण शुरु गरेकै समयावधिबाट आफ्ना उत्पादन निर्यातका लागि सम्बन्धित देशहरुमा दर्ता गर्ने कार्य तथा बोलपत्रमा सहभागिता जनाउँदै आएको छ ।
२०१८ को दर्तादेखि २०२२ को औपचारिक लञ्चसम्म
टिजिग फर्माको दर्ता सन् २०१८ मा भयो । तर उत्पादन र बजार अनुमति प्रक्रियामा समय लाग्यो। सन् २०२१ मा ‘सफ्ट लञ्च’ भएपनि औपचारिक रुपमा १५ फेब्रुअरी २०२२ मा औपचारिक लञ्च गरिएको थियो । शुरुमाकम्पनिले ५ वटा क्यान्सर विरुद्धका औषधि नेपाली बजारमा विक्रिवितरणका लागि र केहि औषधिहरु ‘निर्यातका लागि मात्र’ औषधि व्यवस्था विभागबाट स्विकृती पाएको थियो ।
हाल ३० वटा भन्दा बढि औषधिहरु नेपाली बजारका लागि विक्रिवितरण अनुमति पाइसकेको छ । यसबाट कम्पनीको लगनशिलता, गुणस्तर प्रतिको प्रतिबद्धता तथा निरन्तरताको बलियो आधार देखिन्छ ।

नीतिगत चुनौती र लाइसेन्सिङ यात्रा
नेपालमा क्यान्सरका नयाँ मोलिक्युल दर्ता गर्ने स्पष्ट नीति प्रारम्भमा पर्याप्त थिएन । औषधि सल्लाहकार समितिको स्वीकृतिपछि निर्यात बजारका लागि मार्ग खुलेको थियो ।
टेक्नोलोजी ट्रान्सफरअन्तर्गत आएका वा नन फर्माकोपिया औषधिहरु नेपाल सरकारको नियमानुसार उत्पादक कम्पनीले म्यानिफ्याक्चरिङ प्रोसेस, भ्यालिडेसन, एनालाइटिकल मेथड भ्यालिडेसन आदि उत्पादन तथा विश्लेषणसँग सम्बन्धित कार्य आफ्नो परिसरभित्र सञ्चालन गरी प्रतिवेदन औषधि व्यबस्था विभागबाट स्विकृती भएपछि मात्र औषधि नेपाली बजारमा विक्रिवितरण गर्न अनुमति प्राप्त हुने गरेको छ ।
यसैअन्तर्गत कम्पनीले शुरुमा औषधि व्यवस्था विभागबाट ‘निर्यातका लागि मात्र’ स्विकृती भएका औषधि क्रमैसँग नेपाली बजारमा विक्रिवितरण गर्न पाउने अनुमति पाएको छ । यसबाट अधिकतम नेपालमा रहेका क्यान्सर बिरामीहरुको पहुँचमा पुग्न ठुलो सहयोग भएको छ । 
टिजिग फर्माले—
- प्रभावकारी, सुरक्षित तथा गुणस्तरीय उत्पादन
- मूल्यमा सुलभिकरण
- निरन्तर आपूर्ति
- अन्योल र अनिश्चितताको अन्त्य
- निर्यात सम्भावना
मार्फत एउटा नयाँ अध्याय सुरु गरेको दाबी गरिरहेको छ ।
अब प्रश्न एउटै छ—
के नेपाल क्यान्सर औषधिमा दीर्घकालीन आत्मनिर्भर बन्न सक्छ ? यसको उत्तर आगामी वर्षहरूले दिनेछन् । 
‘नेपाल फर्मा एक्स्पो २०२६’ मा १२ हजारभन्दा बढीको अवलोकन
आइतबार, चैत १, २०८२
फार्मामा नवीनता र प्रविधिको संगम : भृकुटीमण्डपमा सुरु भयो ‘नेपाल फर्मा एक्स्पो २०२६’
बिहीबार, फागुन २८, २०८२
अत्यावश्यक औषधिमा आत्मनिर्भरता: नीति सुधार र स्वदेशी उद्योगलाई प्रोत्साहनको माग
मंगलबार, फागुन २६, २०८२
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्न सक्छ: सन्तोष बराल
मंगलबार, फागुन २६, २०८२
