नेपाल हेल्थ न्युज, काठमाडौं । रास्वपा बालेन शाह नेतृत्वको नयाँ सरकार गठनका लागि मन्त्री चयनको काम अन्तिम चरणमा पुगेको छ। पार्टी स्रोतका अनुसार कतिपय मन्त्रालयको टुंगो भइसकेको छ भने केही पदमा अझै अन्तिम छलफल जारी छ।
प्रधानमन्त्री बालेनले चैत १३ गते पद तथा गोपनियताको शपथ ग्रहण गर्ने तयारी गरेका छन्। सोही दिन सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने योजना छ। स्रोतका अनुसार १५–१८ सदस्यको मन्त्रिपरिषद बनाउने विषयमा छलफल भइरहेको छ। पार्टीले १८ मन्त्रालयमा मात्रै सिमित रहने वचन चुनाव वाचापत्रमा दिएकोले ठूलो मन्त्रिपरिषद नबनाउने तयारी गरिएको बताइएको छ।
केही अनपेक्षित नाम मन्त्रीमा आउन सक्ने सम्भावना पनि नेताहरूले बताएका छन्। सचिवालय तहका केही नेतालाई ‘रिजर्भ’मा राखेर पार्टी सञ्चालनका लागि टोली तयार पारिने योजना छ।
सूत्रका अनुसार बालेनले प्रधानमन्त्री पदसँगै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले मन्त्री हुने पक्का भएको छ। गृह, अर्थ वा भौतिक पूर्वाधार मन्त्रालयमा उनीहरूको सम्भाव्यता बारे छलफल भइरहेको छ।
भौतिक पूर्वाधार मन्त्रालयमा सुनिल लम्साल, परराष्ट्र मन्त्रालयमा शिशिर खनालको नाम चर्चामा छ। स्वास्थ्य वा कानुन मन्त्रालयका लागि सोविता गौतमको सम्भावना रहेको छ भने सभामुखको पदमा पनि उनको नाम उठिरहेको छ।
युवा तथा खेलकुद मन्त्रालयका लागि सुदन गुरुङ र पर्यटन वा सञ्चार मन्त्रालयका लागि मनिष झा चर्चामा छन्। रास्वपाले फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकबाट ५७ सिट प्राप्त गरी प्रतिनिधि सभामा कुल १८२ सिटसहितको सरकार गठन गर्ने तयारी गरिरहेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार मुद्दामा सुनुवाइको पेसी तोकियो
मंगलबार, चैत १०, २०८२
ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
मंगलबार, चैत १०, २०८२
एक खिल्ली चुरोटले २० मिनेट आयु घटाउँछ ? के भन्छन् विज्ञ
मंगलबार, चैत १०, २०८२
मेडिकल काउन्सिलद्वारा डा. साह एक साताका लागि निलम्बित
मंगलबार, चैत १०, २०८२
