नेपाल हेल्थ न्युज, काठमाडौं । बालबालिकामा देखिने क्यान्सरको विषय निकै जटिल र चुनौतीपूर्ण छ ।
वयस्कमा जस्तो स्पष्ट कारण वा रोकथामका उपाय बाल क्यान्सरमा प्रायः हुँदैनन् । त्यसैले हाम्रो मुख्य ध्यान प्रारम्भिक पहिचानमा केन्द्रित हुनुपर्छ ।
ज्वरो आउनु, पेट दुख्नु, खेल्दा ठोक्किएर निलो डाम आउनु, तौल घट्नु—सामान्य कारणले पनि देखिन सक्छन् । त्यसैले हरेक लक्षणलाई क्यान्सर नै हो भनेर डराउनु उचित होइन । बाल क्यान्सरका लागि नियमित स्क्रिनिङ परीक्षणहरू उपलब्ध नभएकाले अभिभावक र स्वास्थ्यकर्मीले प्रारम्भिक चेतावनी संकेतलाई चिन्न अत्यन्त जरुरी हुन्छ ।
बाल क्यान्सरका ‘रेड फ्ल्याग’ संकेत
- दुई हप्ता वा त्योभन्दा बढी समयसम्म ज्वरो आउने
- बिहान उठ्दा टाउको धेरै दुख्ने र सँगै बान्ता हुने
- शरीरमा सानो रातो दाना आउने
- कुनै ठोस कारणबिना निलो डाम आउने, गिँजा र नाकबाट रगत आउने, शरीरमा साना रातो दाना देखिने
- बिना कारण तौल घट्ने
- रक्तअल्पता र छिटो थकान
- शरीरमा गाँठा–गुठी देखिने
- घाँटी, पेट वा शरीरका अन्य भागमा गाँठा देखिने
ब्लड क्यान्सरः चिन्नैपर्ने लक्षण
बालबालिकामा सबैभन्दा धेरै देखिने क्यान्सरमध्ये एक हो ब्लड क्यान्सर ।
- लामो समयसम्म ज्वरो
- जोर्नी तथा खुट्टा दुख्ने
- निलो डाम आउने
- गिँजा वा नाकबाट रगत बग्ने
- तौल घट्ने
- घाँटीमा गिर्खा देखिने
बालबालिकामा ब्रेन ट्युमर
बालबालिकामा दोस्रो सबैभन्दा धेरैलाई हुने क्यान्सरमध्ये एक हो ब्रेन ट्युमर ।
- लगातार टाउको दुख्ने (विशेषगरी बिहान)
- बान्ता हुने
- आँखाको दृष्टि धमिलो हुने
- आँखा डेरो हुने
- सन्तुलन गुम्ने, लडखडाएर हिँड्ने
- व्यवहार वा सक्रियतामा परिवर्तन
बालबालिकामा बोन ट्युमर
यदि बच्चालाई हड्डीमा निरन्तर दुखाइ, हात–खुट्टा वा मेरुदण्ड नजिक गाँठा देखिएको अवस्थामा बोन ट्युमरको शंका गर्न सकिन्छ ।
बालबालिकामा किड्नीको ट्युमर
यो ३ देखि ५ वर्ष मुनिका बालबालिकामा देखिनसक्छ । यसलाई विल्म्स ट्युमर पनि भनिन्छ ।
- पेट फुल्दै जाने
- नुहाउँदा पेटमा डल्लो महसुस हुने
- पिसाबको रङ रातो हुने
- खाना रुचि नहुने
- थकान बढ्ने
समयमै चिकित्सकसँग परामर्श, आवश्यक परीक्षण र प्रारम्भिक निदानले बाल क्यान्सरको उपचार सम्भावना उल्लेखनीय रूपमा बढाउँछ ।
राजधानीमै ढिलो उपचार खोज्ने यथार्थ
- प्रारम्भिक लक्षणलाई सामान्य ठानेर बेवास्ता गर्ने
- स्वास्थ्यकर्मी पनि बाल क्यान्सरका चेतावनी संकेतबारे पर्याप्त संवेदनशील नहुने
- सामान्य ज्वरो ठानेर उपचारमा ढिलाई गर्ने
मधेश प्रदेशमा भक्तपुर क्यान्सर हस्पिटलद्धारा पाठेघरको मुख र स्तन क्यान्सर स्क्रिनिङ
सोमबार, वैशाख २८, २०८३
नेपालमा क्यान्सरको वास्तविक चित्र
मंगलबार, वैशाख २२, २०८३
क्यान्सर पर्खालभित्रको मानवीय कथा
मंगलबार, वैशाख २२, २०८३
क्यान्सरविरुद्धको रणनीति कागजमै सीमित
शुक्रबार, वैशाख ११, २०८३

