नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूले आफ्नो नाम र दर्ता प्रमाणपत्र केवल आफू प्रत्यक्ष रूपमा कार्यरत स्वास्थ्य संस्थामा मात्रै प्रयोग गर्न स्पष्ट निर्देशन दिएको छ ।
दर्तावाल चिकित्सकहरूलाई लक्षित गरी अत्यन्त जरुरी सूचना जारीगर्दै काउन्सिलले चिकित्सकको नाम र दर्ता नम्बर आफू कार्यरत नभएका क्लिनिक वा अस्पतालमा प्रयोग हुँदा सर्वसाधारणमा भ्रम उत्पन्न हुने तथा व्यावसायिक आचारसंहिता उल्लंघन हुने जोखिम देखिएको उल्लेख गरेको छ ।
काउन्सिलले यस्तो अभ्यासले बिरामीहरूलाई गलत सन्देश दिन सक्ने र भविष्यमा कानुनी तथा प्रशासनिक समस्या निम्त्याउन सक्ने चेतावनी दिएको छ।
त्यसैले सबै चिकित्सकलाई आफू कार्यरत नरहेका पुराना स्वास्थ्य संस्थाबाट आफ्नो नाम, प्रमाणपत्र र दर्ता नम्बर तुरुन्त हटाउन निर्देशन दिइएको छ। साथै, साइनबोर्ड, विज्ञापन र दर्ता पुस्तकमा आफ्ना विवरण सही रूपमा प्रयोग भइरहेको छ वा छैन भन्ने विषयमा नियमित निगरानी गर्न पनि आग्रह गरिएको छ।
काउन्सिलका रजिष्ट्रार डा। सतिस कुमार देव ले चिकित्सकहरूलाई व्यावसायिक नैतिकता कायम राख्दै जिम्मेवार ढंगले विवरण प्रयोग गर्न अनुरोध गर्नुभएको छ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

