नेभिगेशन

पिनास भएकाे कसरी थाहा पाउँने ? 

पिनास भएकाे कसरी थाहा पाउँने ?हेर्नुस् लक्षण र बच्ने उपय
पिनास भनेको साइनसहरुको इन्फ्लामेसन हो । साइनस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो स-साना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्। किन हुन्छ पिनास ? पिनास हुने कारण भनेको साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो। साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन्। कहिलेकाहीँ नाकको भित्री भागमा मासु पलाउने, ट्युमर पलाउँदा पनि पिनास हुनसक्छ । पिनास एलर्जी र भाइरल वा व्याक्टेरियको संक्रमणका कारण हुन्छ । पिनासका लक्षणहरु –नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने । – नाक बन्द भइरहने । –टाउको भारी हुने । –अघिल्लो भाग निधारमा दुखिरहने । –सुध्ने शक्तिमा कमि आउने । –ज्वरो आउने । –जीउ दुख्ने । –नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने । –नाक, आँखा चिलाउने । –हाँछ्यु आइरहने । यस्ता लक्षण देखिएका चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । पिनास हुनबाट यसरी बच्नुस् –पानी प्रशस्त मात्रामा पिउने । –नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ। –धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ। –नाकको भित्री सतहमा हुने रौंहरुलाई खराब असर पुर्‍याउने धुलो-धुँवा प्रदुषण रसायनहरुबाट एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रोग