नेपाल हेल्थ न्युज, काठमाडौं । कोशी प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण गरेसँगै अब मेडिकल क्षेत्रमा बिएससी नर्सिङ्ग कक्षा सञ्चालन हुने भएको छ।
चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्डअनुसार विश्वविद्यालयले बिएससी नर्सिङ्गको पाठ्यक्रम तयार गरिसकेको छ। कोशी प्रदेश सरकारले यस विषयमा आफ्नो प्रतिबद्धता जनाउँदै, मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि धनकुटा जिल्ला अस्पतालमा कक्षा सञ्चालन गर्ने तयारी थालेको छ।
विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलका अनुसार, ‘आगामी माघभित्र हामीले धनकुटा अस्पताल प्राप्त गर्नेछौं र वैशाखभित्र नर्सिङ्ग पाठ्यक्रम पनि सुरु गर्ने योजना छ।’
मुलुकको पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा २०७६ सालमा स्थापना भएको मनमोहनले शिक्षण अस्पताल प्राप्त गर्न ढिलाइ हुँदा मेडिकल कार्यक्रम सञ्चालन गर्न सकिरहेको थिएन। स्वास्थ्य प्राविधिक पाठ्यक्रम निर्माण भइसकेको भए पनि अस्पताल प्राप्त नभएसम्म अन्तिम सम्झौता पर्खनुपरेको उपकुलपतिले जानकारी दिनुभयो।
उहाँका अनुसार, ‘विश्वविद्यालयले सम्झौताका लागि सरकारलाई खाका पनि बुझाइसकेको छ, तर स्वास्थ्य मन्त्रालयले प्रक्रिया अघि बढाएको छैन।’
मनमोहन प्राविधिक विश्वविद्यालयको स्कूल अफ मेडिकल एण्ड हेल्थ साइन्सले चार वर्षे बिएससी नर्सिङ्ग पाठ्यक्रम तयार पारेको छ र चिकित्सा शिक्षा आयोगका निर्देशक प्रा.डा. सुजबाबु मरहठाले निरीक्षण पनि गरिसक्नुभएको छ।
हाल विश्वविद्यालयले आङ्गिक क्याम्पसबाट इञ्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स), फार्मेसी, पाँच वर्षे बीबीएरएलएलबी तथा एलएलएम, र हस्पिटल म्यानेजमेन्टका विषयहरू पढाउँदै आएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य समस्याका कारण धुर्मुस परिवारसहित अमेरिका
शुक्रबार, मंसिर २६, २०८२
