नेपाल हेल्थ न्युज, काठमाडौं । ललितपुरको गोदावरीस्थित नाङ्लो बेकरीले बनाएको ‘क्रोइसेन्ट’मा ट्रान्स फ्याटको मात्रा कानूनी सीमाभन्दा बढी भेटिएको छ।
कृषि मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार यसबारे सूचना जारी गर्दै उक्त ब्याच बजारबाट फिर्ता लिन बेकरीलाई निर्देशन दिएको छ।
विभागले परीक्षण गरेको नमुना अनुसार, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७५ को दफा ३८ (२) अनुसार क्रोइसेन्टमा औद्योगिक ट्रान्स फ्याट २ प्रतिशतभन्दा बढी रहेको पाइएको छ। यस कारणले यो खाद्य पदार्थलाई ‘न्यूनस्तरको कोटीमा राखिएको छ।
फिर्ता गर्न भनिएको क्रोइसेन्टको ब्याच नम्बर ०१ हो, जसको उत्पादन मिति ३ मंसिर २०८२ र म्याद समाप्ति मिति २५ पुस २०८२ तोकिएको थियो। विभागले उपभोक्तालाई सो ब्याचको क्रोइसेन्ट नखान चेतावनी पनि दिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
