नेपाल हेल्थ न्युज, काठमाडौं । ललितपुरको गोदावरीस्थित नाङ्लो बेकरीले बनाएको ‘क्रोइसेन्ट’मा ट्रान्स फ्याटको मात्रा कानूनी सीमाभन्दा बढी भेटिएको छ।
कृषि मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार यसबारे सूचना जारी गर्दै उक्त ब्याच बजारबाट फिर्ता लिन बेकरीलाई निर्देशन दिएको छ।
विभागले परीक्षण गरेको नमुना अनुसार, खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७५ को दफा ३८ (२) अनुसार क्रोइसेन्टमा औद्योगिक ट्रान्स फ्याट २ प्रतिशतभन्दा बढी रहेको पाइएको छ। यस कारणले यो खाद्य पदार्थलाई ‘न्यूनस्तरको कोटीमा राखिएको छ।
फिर्ता गर्न भनिएको क्रोइसेन्टको ब्याच नम्बर ०१ हो, जसको उत्पादन मिति ३ मंसिर २०८२ र म्याद समाप्ति मिति २५ पुस २०८२ तोकिएको थियो। विभागले उपभोक्तालाई सो ब्याचको क्रोइसेन्ट नखान चेतावनी पनि दिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भाइरल ज्वरो र मौसमी रुघाखोकी कसरी बच्ने ?
मंगलबार, भदौ २, २०८३
श्रीलङ्कामा ५५ वर्षीय पुरुषको मुत्रथैलीबाट निकालियो ३.१ किलोको पत्थरी
मंगलबार, भदौ २, २०८३
४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ
मंगलबार, भदौ २, २०८३
स्वास्थ्य मन्त्रालयले विभिन्न निकायका सदस्य पदका लागि रोष्टरमा आवेदन माग्यो
मंगलबार, भदौ २, २०८३
स्वास्थ्य बीमा सञ्चालन गर्न रञ्जु दर्शनाको सरकारसँग आग्रह
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ
