नेपाल हेल्थ न्युज, चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले एसइई सकेपछि पढाइ हुने पिसिएल नर्सिङ कार्यक्रमलाई पुनः निरन्तरता दिने योजना अगाडि बढाइरहेको जानकारी दिनुभएको छ।
भरतपुर अस्पतालमा ट्रमा सेन्टर तथा कम्पाउण्डिङ फार्मेसीको उद्घाटन समारोहमा बोल्दै उहाँले देशभर आवश्यक संख्यामा स्टाफ नर्स नपुगिरहेको भन्दै पिसिएल नर्सिङ पुनः सुरु गर्ने तयारी चलेको बताउनुभयो।
उहाँका अनुसार ठूला मेडिकल कलेज तथा आफ्नै अस्पताल सञ्चालनमा रहेका कलेजहरूलाई अनुमति दिएर कार्यक्रम अघि बढाउने काम भइरहेको छ। आवश्यक परे अध्यादेशमार्फत कानुनी व्यवस्था मिलाइ अध्ययन सञ्चालन गर्ने विकल्प पनि सरकारका तहमा छलफल भइरहेको मन्त्री गौतमले उल्लेख गर्नुभयो।
मन्त्रीका अनुसार मन्त्रालयले हाल सातवटा प्रमुख विषयमा सुधारका कार्यक्रम अघि बढाइरहेको छ। सेवातर्फ मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य, महिला तथा बालबालिका स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ।
त्यसैगरी स्वास्थ्य बीमा सुधार, औषधिको गुणस्तर सुनिश्चितता तथा खरिद प्रक्रियालाई सजिलो र पारदर्शी बनाउँदै भ्रष्टाचार रोक्ने दिशामा काम भइरहेको उहाँले बताउनुभयो।
म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने पसललाई २ लाख जरिवाना
मंगलबार, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको निःशुल्क स्वास्थ्य शिविर
मंगलबार, भदौ ३०, २०८३
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
मंगलबार, भदौ ३०, २०८३

