के तपाईको बच्चा विद्यालय जान मान्दैन, चकचके छ अथवा चुम्बक टाँसिएजस्तो टेलिभिजन हेरिरहन्छ ? यदि छ भने यो एक किसिमको मानसिक समस्या हुनसक्छ । बालबालिकाहरुमा भएको मानसिक समस्या उनीहरुको व्यवहारबाट देखिने गरेपनि यसलाई वास्ता गरिदैन ।
बानी व्यवहारमा परिवर्तन
बच्चा चकचके हुने पनि मानसिक समस्याको एउटा रुप हो । यसलाई एटेन्सन डेफिसेट हाइपरएक्टिभिटी डिस्अर्डर भनिन्छ । यस किसिमको समस्या भएका बच्चाहरुले अध्ययन र विभिन्न क्रियाकलापमा ध्यान दिन सक्दैनन् ।
- कक्षा कोठामा पढाइमा ध्यान नदिने
- साथीभाइहरुलाई पिट्ने
- चकचक गर्ने
- कसैका सामान झिकिदिने
- भनेको नमान्ने
- घरमा चुम्बक टाँसिए
- सरी टेलिभिजन हेरिरहने
- बच्चा बिग्रियो, भनेको मान्दैन
- चकचके छ
- स्कूल जान मान्दैन
- बीचबीचमा बेहोस भएजस्तै ढल्छ
- कहिलेकाँही सिधै झगडा गर्न आउँछ
- रिसाउने र पिट्ने गर्छ
- पढ्न नै सक्दैन भन्ने धेरै अभिभावहरुको गुनासो हुन्छ । त्यसैले बच्चालाई अन्य कुनै सिर्जनशील काममा संलग्न गराउने कोशिस गर्नुपर्छ ।
मानसिक समस्याको कारण पत्ता लगाउने
तनाव र मानसिक समस्या एक अर्काका पर्याय हुन् । पढ्न नसक्ने बच्चाहरुलाई निकै तनाव हुने गर्छ । कतिपय अवस्थामा वंशाणुगत र वाह्य वातावरण दुवै मिलेर बच्चाहरुमा तनाव उत्पन्न हुन्छ । यसरी तनाव उत्पन्न हुनमा कहिलेकाँही वंशाणुगत र कहिलेकाँही वातावरणीय बाह्य कारणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले बालबालिकामा मानसिक समस्या बढाउनुको कारण पत्ता लगाउने कोशिस गर्नुपर्छ ।
बच्चामैत्री र सुमधुर वातावरण
बच्चाहरु अरुको रुटिनमा चल्नुपर्छ । पढ्न र लेख्नुका साथै साथीभाइ बीचमा स्वीकार्य हुनुपर्ने कुराले बच्चाहरुमा तनाव बढाइरहेको छ । म कहाँ फिट हुन्छु भनेर बच्चाले आफ्नो पहिचान खोजिरहेको हुन्छ । त्यसैले उनीहरुको समस्या बुझ्ने कोशिस गर्नुपर्छ । यसका साथै घरमा बच्चामैत्री र सुमधुर वातावरण बनाउनुपर्छ । जस्तोः घरमा बुबाआमाबीच कलह नगर्ने, जाँड रक्सी खाएर घरमा नआउने आदि ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०७४
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ
