नेभिगेशन

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले गर्‍यो ९४ कर्मचारीको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल हेल्थ न्युज, बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले एकैपटक ९४ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले भाद्र ६ गतेको निर्णयअनुसार कर्मचारीको सरुवा तथा कामकाजका लागि विभिन्न स्वास्थ्य संस्था र कार्यालयमा खटाउने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई प्रदेशअन्तर्गतका विभिन्न कार्यालय तथा स्वास्थ्य संस्थामा आवश्यकता अनुसार व्यवस्थापन गरिएको हो।  एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा भएपछि प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापनमा समेत परिवर्तन आउने भएको छ। 

मन्त्रालयले स्वास्थ्य सेवाको प्रभावकारिता बढाउने र आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन गर्ने उद्देश्यले कर्मचारी सरुवा तथा कामकाजमा खटाएको जनाएको छ।

सरुवा भएका ९४ कर्मचारीमध्ये कुन कर्मचारीलाई कुन कार्यालयबाट कहाँ पठाइएको हो भन्ने विस्तृत विवरणमा विभिन्न स्वास्थ्य संस्था तथा जिल्लागत रूपमा कर्मचारी व्यवस्थापन गरिएको छ। मन्त्रालयको निर्णयसँगै सम्बन्धित कर्मचारीलाई नयाँ कार्यस्थलमा हाजिर हुनसमेत निर्देशन दिइएको छ।

यस्तो छ सरुवा भएकाको सुची 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट