आज विश्व लुपस दिवस । हरेक वर्ष मे १० तारेखलाई विश्व लुपस दिवसका रुपमा मनाउने गरिएको छ । लुपस बाथरोगमध्येको एक अटोइम्युन रोग हो । यो महिलाहरुमा धेरै देखिन्छ । पुरुषको तुलनामा महिलामा ९ गुणा बढी हुने गर्छ । नेशनल बाथरोग सेन्टरकी वरिष्ठ बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीका अनुसार, रोग निरोधक शक्तिले शरीरका स्वस्थ्य कोष नष्ट गर्ने समस्या अटोइम्युन रोग हो । यस प्रकारको समस्यामा अल्छी लाग्ने, हातजोर्नी दुख्ने, मुखमा पुतली आकारको दाग देखिने, चिलाउने, खटिरा आउने सूर्यको प्रकाशमा बाहिर निस्कन गारो हुने, कपाल झर्ने जस्ता लक्षण देखिनसक्छ । यसका साथै लुपसले मिर्गौलामा असर गर्ने,रक्तकोषिकाहरुको कमी हुने, टाउको दुःख्ने, मनमा धेरै सोचाइ उब्जिने, कुनै कुराको चाँडो निर्णय लिन नसक्ने, छारे रोग, घरीघरी रिस उठ्ने जस्ता समस्या देखिनसक्छ । यसका साथै लुपसले सुख्खा भएर आँखा रातो देखिने, मुटु रोग एवं फोक्सोमा पानी जम्ने जस्ता जोखिम बढाउँछ ।
लुपसको लक्षण शुरु भएको ३ महिनाबाट एक वर्ष भित्र उपचार हुन सकेमा लुपसबाट नकारात्मक असर न्युनिकरण गर्न सकिने डा. नकर्मीको भनाइ छ ।
नेपालमा कति व्यक्ति लुपसका बिरामी छन् भन्ने एकिन तथ्याङ्क त छैन । तर नेशनल अथ्रराइटिस वर्क ग्रुपले निकालेको तथ्याङ्कले एसियन मुलुकहरुमा प्रति लाख व्यक्तिमा २५ जनालाई लुपसको समस्या हुने देखाएको छ । अमेरिकामा प्रति लाख १५० जना लुपसको समस्या झेलिरहेका छन् । बंगलादेशमा १ लाख १५ हजार लुपसका रोगी रहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक देशमा करिब १० प्रतिशमा बाथरोगको समस्या देखिने गरेको छ ।
[caption id="attachment_17126" align="alignnone" width="2000"]
नेशनल बाथरोग सेन्टरमा बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मी लुपस बाथको उपचार गर्दै[/caption]
प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
नेपाल बाथरोग संघमा नयाँ नेतृत्वः बाथरोग सेवाको विस्तारमा नयाँ प्रतिवद्धता
बुधबार, असार १७, २०८३
काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय वाथरोग सम्मेलन ‘र्युमा भिजन २०२६’
बिहीबार, चैत १२, २०८२
बाथरोगबाट महिलाहरू बढी पीडित
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ
४
