
- बुढ्यौलीसँगै चोटपटक वा अन्य संक्रमणका कारण जोर्नी खिइने प्रकियालाई ओस्टियो अर्थाइटिस भनिन्छ । यसबाहेक, जोर्नीसम्बन्धी विभिन्न रोगका कारणसमेत जोर्नी खिइने हुन सक्छ ।
- ओस्टियो अर्थाइटिसको पूर्ण उपचार हँुदैन । यद्यपि, दुखाइ कम गर्ने औषधि सेवन र फिजियोथेरापीबाट पीडा कम गर्न सकिन्छ । समस्या ( जोर्नी खिइने ) अन्तिम चरणमा पुगिसकेको अवस्थामा जोर्नी फेरेर उपचार गर्न सकिन्छ ।गठिया बाथ
- बाथ गठिया रोग दुई प्रकारका हुन्छन् । सिरो पोजेटिभ र सिरो नेगेटिभ स्पोन्डिलो अर्थाइटिस । रोगसँग लड्ने क्षमताले नै गठिया बाथरोग निम्त्याउँछ । र, रगतमा बाथरोगका लक्षण सिर्जना गर्छ । अर्थात् प्रतिरोधी क्षमताले जोर्नीलाई नै खाने काम गर्छ । गठिया बाथ बाथरोगमध्येकै सबैभन्दा घातक हो । जसले छोटो अवधिमै जोर्नीमा असर पु¥याएर अंगहरूमा विकार ल्याउने गर्छ
- युरिक एसिड शरीरमा हुने विकार वस्तु हो । जो कलेजोले उत्पादन गरेर मिर्गौलाको माध्यमबाट बाहिर फालिन्छ । कतिपय अवस्थामा युरिक एसिड बढी नै उत्पादन हुन्छ, जसले गर्दा रगतमा जम्मा भएर जोर्नीमा गएर बस्छ । यसले गर्दा जोर्नी दुख्ने वा सुन्निने हुन्छ । खानपानमा ध्यान दिन नसक्दा युरिक एसिड बढिरहेको हुन्छ । त्यसैले, रातो मासु, मदिरा, चिसा पेय पदार्थ र जंकफुडजस्ता खानेकुरा खानुहुँदैन । कागती पानी, अमिला फलफूल, जेरीजस्ता खानेकुरा खाएर र प्रशस्त पानी पिएर युरिक एसिडको मात्रा घटाउन सकिन्छ
- जोर्नी सुन्निने, दुख्ने, चलाउन गाह्रो हुने अथवा सीधा तान्न र खुम्च्याउन गाह्रो हुने भएमा बाथरोग भएको बुझ्नुपर्छ । यसले विशेषगरी जोर्नीको लिगामेन्टमा असर पु-याउँछ ।
- बिहानको समयमा जोर्नी बढी नै दुख्ने, ज्वरो आउने, आलस्य हुने र कमजोर महसुस हुने हुन्छ ।
- बाथरोग औषधिको माध्यमबाटै सजिलै नियन्त्रण गर्न सकिन्छ । सुरुवातीको चरणमा उपचार गराउन सकेमा भविष्यमा शरीर विकलांग हुनबाट बचाउन सकिन्छ । बिरामीको अवस्था हेरेर ओैषधि प्रयोग गर्न सकिन्छ ।
- यसबाहेक बायोलोजिकल एजेन्ट्सको माध्यमबाट पनि बाथरोगको उपचार सम्भव छ । तर, धेरै खर्चिलो पर्ने भएकाले यो नेपालमा उपलब्ध छैन ।
- बाथरोगको अर्को उपचार पद्धति फिजियोथेरापी हो । तर, यो रोगको सुरुवाती चरणमा मात्रै गर्नुपर्छ । यसले जोर्नीवरपरको लिगामेन्ट र मांसपेसीलाई बलियो बनाउने काम गर्छ । जसले गर्दा जोर्नीको दुखाइ कम हुँदै जान्छ ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
रोग
नेपाल बाथरोग संघमा नयाँ नेतृत्वः बाथरोग सेवाको विस्तारमा नयाँ प्रतिवद्धता
बुधबार, असार १७, २०८३
काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय वाथरोग सम्मेलन ‘र्युमा भिजन २०२६’
बिहीबार, चैत १२, २०८२
बाथरोगबाट महिलाहरू बढी पीडित
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ
४
