नेभिगेशन

आँखा पाक्ने रोगः रोगीसँग हात मिलाउँदा र फेस टु फेस हेर्दा पनि सर्न सक्छ

उपत्यकामा बढ्दो वायुप्रदुषण र गर्मीका कारण आँखामा विभिन्न किसिमका रोगको संक्रमण भएका विरामी बढ्न थालेका छन् । धुवाधुलो र गर्मीमा घामको किरणले आँखासम्बन्धि एलर्जी, आँखा पाक्ने, सुख्खा हुने जस्ता संक्रमण देखिने चिकित्सकहरु बताउछन् । तिलगंगा आँखा अस्पतालका कन्सल्टेन्ट, अक्युलोप्लाष्टिक सर्जन डा.रोहित शैजुका अनुसार यति बेला प्रदुषण र गर्मीका कारण एलर्जिक कन्जन्टिवाइटिसका बिरामी निकै बढिरहेका छन् । एलर्जिक कन्जन्टिवाइटिसमा आँखाको सबैभन्दा बाहिरी पत्र सुन्निन्छ र बिस्तारै पाक्दै जान्छ । धुवाधुलो र गर्मीले आँखा सुख्खा हुने, आँखा पोल्ने,रातो हुने, बिझाउने,आँखा पाक्ने, हेर्न गाह्रो हुने र उज्यालो नै मन नपर्ने जस्ता समस्याहरु देखिन्छन । आँखा पाक्ने समस्या भाइरस, ब्याक्टेरिया वा एलर्जीको कारणले हुने र कन्जन्टिवाइटिस धुलो, धुवाँ र प्रदूषणले गर्दा हुने डा.शैजुको भनाइ छ । उपत्यकामा बढ्दो सवारी साधन, इँटाभट्टा, उद्योग र फोहोर जलाउदाँ निस्कने धुवाँले वायु प्रदूषित बन्दै गएको छ । धुलोमा आँखालाई असर गर्ने कण भएकाले आँखाको बिरामीको संख्या बढिरहेको डा. शैजुका बताउनुहुन्छ । आँखा पाक्ने समस्या वायुप्रदुषण र गर्मीका कारण आँखा पाक्ने समस्या सबैभन्दा बढि देखिन्छ । यसका अलावा आँखा सुक्खा हुने, आँखा रातो हुृने चिलाउने, विहान उठ्दा आँखामा चिप्रा आउने, आँसु झरिरहने जस्ता समस्याहरु देखा पर्छन । आँखाको बिभिन्न समस्याहरु हुन्छन । आँखा पाक्नु सामान्य समस्या होइन यो एक रोग हो । डा. शैजु भन्नुहुन्छ – ‘आँखा पाक्ने रोगलाई समयमै उपचार नगराउदा यसले आँखा ठुलै दीर्घकालीन समस्या निम्त्याउन सक्छ ।’ लक्षण -आँखा रातो हुने -आँशु बग्ने -आँखाको ढकनी सुन्निने -कचिरा लाग्ने -उज्यालोमा आँखा तर्मिराउने -आँखा चिलाउने -घाममा हेर्न वा बस्न गाह्रो हुने -चिप्रा लाग्ने -पिप जम्ने कन्जक्टिवाईटिस एक प्रकारको भाइरल इन्फेक्सन हो । जुन कहिले काहि ब्याक्टेरियाको कारणले पनि हुनसक्छ । यसलाई आम भाषामा आँखा पाक्नु भनिन्छ । यो एक संक्रामक रोग हो । डा. शैजु भन्नुहुन्छ– ‘आँखा पाक्ने रोग एक सरुवा रोग हो । रोगीको तौलिया या रुमालको प्रयोग गर्नाले पनि यो रोग फैलिन्छ । हात मिलाउदा, फेस टु फेस हेर्दा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै संग सर्छ ।’ बच्ने उपाय बाहिर निस्कँदा धुवाधुलो र घामका किरणबाट आँखाको सुरक्षा गर्नका लागि चस्माको प्रयोग गर्नुपर्छ । चस्माको प्रयोग गर्दा हावाहुरी चल्दा धुलोका कण सिधै आँखामा पर्न पनि पाउँदैन । आँखामा धुलो परेको अवस्थामा मिच्नु हुँदैन । आँखा मिच्दा रातो हुनेलगायतका समस्या निम्तिने गर्छ जसको कारण दृष्टिविहीनको अवस्था पनि निम्त्याउन सक्छ । आँखा लगातार हेरिरहने बानी गर्नुहुँदैन । छिटोछिटो चिम्लिने बानी गर्नुपर्छ । लगातार आँखा हेर्दा आँखामा बढी धुलो पर्न सक्छजान्छ । दिनमा कम्तीमा ३ पटक सफा पानीले आँखा सफा गर्नुपर्छ । यसो गर्दा आँखामा भएका स–साना किटाणु बगेर जान्छ । आँखा पखाल्दा पानीले टाढैबाट बेसरी छ्याप्नु हुँदैन, बिस्तारै पखाल्नुपर्छ । र नियमित आँखाको परीक्षण गर्नुपर्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्