नेभिगेशन
औषधि मात्र होइन, जिम्मेवारी पनि वितरण हुन्छ 

फार्मेसी केवल औषधि पसल मात्र होइन, जीवन बचाउने पहिलो ढोका 

आँखाका रोगहरूको उपचार र परामर्शमा औषधि व्यवसायी

add final

नेपाल जस्तो विकासशील देशमा मेडिकल रिटेल पसल (फार्मेसी) स्वास्थ्य सेवाको पहिलो सम्पर्क बिन्दु हो । विशेषगरी आँखा सम्बन्धी समस्यामा धेरै बिरामीहरू पहिले फार्मेसी मै पुग्छन् । यसले फार्मेसीलाई केवल औषधि बेच्ने केन्द्र नभई प्राथमिक स्वास्थ्य सेवा प्रदायकको रूपमा स्थापित गरेकोछ ।

तर, आँखा अत्यन्त संवेदनशील अंग भएकाले गलत औषधि वा ढिलो रेफरलले स्थायी क्षति पनि हुनसक्छ  त्यसैले फार्मेसीको भूमिका सन्तुलित, जिम्मेवार र ज्ञानमा आधारित हुनुपर्छ ।


समग्र दृष्टिकोण
नेपालको सन्दर्भमा मेडिकल रिटेल पसलहरू स्वास्थ्य सेवा प्राप्त गर्ने पहिलो पहुँच केन्द्रका रूपमा विकसित भएका छन् । धेरै बिरामी अस्पताल वा विशेषज्ञसम्म पुग्नु अघि नै फार्मेसीमा आउँछन् ।
यसैले औषधि व्यवसाय अब केवल “बिक्री” होइन, “सेवा, सल्लाह र जिम्मेवारी”को मिश्रण बनेको छ ।


स्वास्थ्य प्रणालीमा सेतु 
मेडिकल रिटेल पसलले बिरामी र चिकित्सकबीच सेतुको काम गर्छ । ग्रामीण क्षेत्रमा  त झन मिनी क्लिनिक जस्तै जस्तै भूमिका खेल्छ । जस्तोः गाउँमा आँखा पोल्ने वा रातो हुने बिरामी पहिले मेडिकल पसल मै जान्छ । त्यहाँबाट सामान्य औषधि दिन वा समयमै अस्पताल पठाउन सकिन्छ । यसलेउपचारको दिशा नै तय गर्छ । 
 

प्राथमिक सम्पर्क र ट्रायाज 
यो  बिरामीको प्रारम्भिक मूल्याङ्कन हो । फार्मासिस्ट वा मेडिकल रिटेल स्टाफले बिरामीको लक्षण बुझेर समस्या सामान्य हो कि गम्भीर ? तुरुन्त रेफरल चाहिन्छ कि ओभर द काउन्टर (डाक्टरको प्रिस्क्रिप्सन बिना नै फार्मेसीबाट किन्न वा प्रयोग गर्न मिल्ने औषधि) उपचारले पुग्छ ? भन्ने निक्र्यौल गर्छन् । जस्तोः सामान्य घटनाहरुमा सुख्खा आँखा, हल्का एलर्जीजन्य आँखा सुन्निने समस्या,  कम्प्युटर वा मोबाइल धेरै प्रयोग गर्दा हुने आँखाको थकान हुन्छन् । 
गम्भीर संकेतहरू (रेड फ्ल्याग्स) हरुमा भिजन लस (दृष्टि घट्ने),तीव्र दुखाइ, चोटपटक, प्रकाश सहन नसक्ने रहेका छन् । यस्तो अवस्थामा तुरुन्त आँखा विशेषज्ञकोमा  रेफर गर्नुपर्छ ।

सुरक्षित  ओटिसी औषधि सिफारिस
सामान्य रूपमा प्रयोग हुने ओटिसी औषधिहरुमा  आर्टिफिसियल टियर्स, कार्बोक्सीमेथाइलसेलुलोज, हाइप्रोमेलोज, ल्युब्रिकेटिङ जेल्स, एन्टि–एलर्जिक ड्रप्स, आई वास सोलुसन्स पर्दछन् ।  सल्लाह दिने क्रममा डोज, कति दिन प्रयोग गर्ने, स्टोरेज कन्डिसन स्पष्ट बताउनुपर्छ । 


महत्वपूर्ण सावधानी
स्टेरोइड कन्टेनिङ आई ड्रप्स, डेक्सामेथासोन, प्रेडनिसोलोन एन्टिबायोटिक मिसयुज ÷ एन्टिबायोटिकको गलत प्रयोगले ग्लुकोमा, मोतिबिन्दु, संक्रमण झन् बढ्ने जस्ता गम्भीर समस्या हुनसक्छन् । 


प्रिस्क्रिप्सन (औषधिको सही वितरण) 
यसमा फार्मेसीको जिम्मेवारी महत्वपूर्ण हुन्छ । उनीहरुले डाक्टरको प्रिकिप्सन अनुसार सही औषधि दिने, एउटै औषधिको अर्को ब्रान्ड प्रतिस्थापन गर्दा क्लिनिक इक्विभ्यालेन्समा ध्यान दिने,  म्याद समाप्त हुने मिति र भण्डारण जाँच गर्नुपर्छ । 


बिरामीलाई सिकाउनुपर्ने कुरा
आई ड्रप हाल्ने तरिका सिकाउनुपर्छ । यसमा ड्रपरको टुप्पो  नछुने, एक भन्दा बढी आई ड्रप बीच ५–१० मिनेट अन्तराल राख्न सुझाव दिनुपर्छ । यसले उपचारको परिणाम सुधार गर्छ । साथै बिरामीले आँखाको सरसफाईमा ध्यान दिनुपर्छ । यसका लागि हात सफा गरेर मात्र आँखामा छुने, अरुको टावेल प्रयोग गर्न हुँदैन । 
साथै डिजिटल उपकरणका कारण हुने आँखाको थकान रोकथाम गर्न जरुरी हुन्छ । यसका लागि २०–२०–२० नियम अपनाउनुपर्छ ।

यसमा हरेक २० मिनेटमा, २० फिट टाढा रहेको वस्तुलाई, कम्तीमा २० सेकेन्डसम्म हेर्नुपर्छ । मोबाइल, कम्प्युटर वा ल्यापटप लामो समय हेर्दा आँखामा थकान, पोल्ने, सुख्खापन र धमिलोपन हुन सक्छ । २०–२०–२० नियमले आँखालाई केही समय आराम दिन मद्दत गर्छ ।   


स्क्रिनको प्रकाश सन्तुलित राख्नुपर्छ । अर्थात मोबाइल, कम्प्युटर वा अन्य डिजिटल स्क्रिनको उज्यालोपनलाई आँखाअनुसार मिलाउन जरुरी हुन्छ । 


कन्ट्याक्ट लेन्सको सफाइ र प्रयोग सम्बन्धी सावधानी
लेन्सलाई सफा तरिकाले धुने र इन्फेक्सनरहित बनाउने, समयमै परिवर्तन गर्ने, सुरक्षित रूपमा राख्ने, हात सफा गरेर मात्र लेन्स छुने, राति सुत्दा नलगाउने (डाक्टरले भनेको बाहेक)


घामका हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट आँखाको सुरक्षा
सूर्यबाट आउने हानिकारक अल्ट्राभायोलेट (युभी) किरणबाट शरीर, विशेषगरी आँखा र छालालाई जोगाउनुपर्छ । धेरै घाममा सीधा हेर्न नहुने, सनग्लास प्रयोग गर्ने आदि । 


विशेषज्ञकोमा तुरुन्त पठाउने अवस्था 
यदि अचानक दृष्टि (देख्ने क्षमता) गुम्यो, आँखामा चोटपटक, आँखामा रसायन पर्यो, लामो समयसम्म (३–५ दिनभन्दा बढी) आँखा रातो भइरह्यो र ग्लुकोमा भएको शंका लागेमा विशेषज्ञकोमा तुरुन्त पठाउनुपर्छ । अन्यथा उपचार गरेपनि फिर्ता नआउने अन्धोपन हुनसक्छ । 


औषधिको दुरुपयोग नियन्त्रण 
फार्मेसीले बिना प्रिस्क्रिप्सन स्टेरोइड दिन हुँदैन । पुराना आई ड्रप पुन प्रयोग गर्न सल्लाह दिन हुँदैन । एन्टिबायोटिक दुरुपयोग रोक्न सहयोग गर्नुपर्छ । साथै बिरामीहरुले आँखाको औषधि सही तरिकाले प्रयोग गर्ने,  फलोअप (नियमित जाँच÷पुनः चिकित्सकलाई देखाउने), एलर्जी बढाउने कारणहरूबाट टाढा रहने (जस्तै धुलो, धुवा, परागकण आदि), बिरामीले औषधि ठीक तरिकाले, नियमित रूपमा र डाक्टरको सल्लाहअनुसार प्रयोग गर्ने बानी बसाल्नुपर्छ । [email protected]

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्