
खाना खाइसकेपछि हामी सोप चपाउँछौ। न यो धेरै स्वादिलो हुन्छ, न बेस्वादको। न यसलाई अघाउनेगरी खाइन्छ, न कुनै तलतल मेट्न। त्यसो भए सोप किन खाइएको होला रु यसको जवाफ सरल छ। ति हुन् – खाना पचाउनका लागि र मुखको दुर्गन्ध हटाउनका लागि। सोप क्याल्सियम, सोडियम, आयरन, पोटासियमको स्रोत पनि हो । यसमा औषधिय गुण हुन्छन्।
खाना खाइसकेपछि सोप चपाउनुको खास फाइदा यस्ता छन्:
- सोपले कब्जियतको समस्या हुन दिदैन। यसलाई चिनी वा मिश्रीसित मिलाएर खाएमा यसको समस्या हट्नुका साथै कब्जियतबाट राहत दिन्छ।
- सोपको सेवनद्वारा आँखाको रोशनी बढाउन सकिन्छ। सोप तथा मिश्रीको चुर्णलाई मनतातो पानीसित दैनिक सेवन गरेको खण्डमा दृष्टि क्षमता बढ्छ।
- पखाला लागेमा सोपको सेवन उत्तम मानिन्छ। सोपलाई बेलको गुदीसित विहान बेलुकी चपाएको खण्डमा अर्जीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ।
- खोकीमा पनि सोप निकै उपयागी मानिन्छ। सोपको साथमा मह मिलाएर खाएमा खोकीको समस्या क्रमश हटेर जान्छ।
- खाना पछि सोप खानाले खाना राम्ररी पच्छ। सौपलाई जिरा तथा कालो मरीचसित मिलाएर चूर्ण बनाई मनतातो पानीसित खाएमा यसले राम्रो पाचकको रुपमा काम गर्छ।
- पेट सम्बन्धि समस्या होस् वा पेटको दुखाई। भुटेको सोपलाई चपाएर खाएमा यसले पेट सम्बन्धि समस्या नाश गर्नुका साथै पेटको दुखाई कम गर्न मद्दत गर्छ।
- पेटबाट अमिलो पानी वा अमिलो डकार आएमा पनि सौपको सेवन लाभदायक मानिन्छ। थोरै सोपलाई पानीमा उमालेर त्यसमा मिश्री मिसाएर सेवन गरेमा यो समस्या तुरुन्तै कम भएर जान्छ।
- घाटी बसेमा होस् वा घाँटी पाछिएमा। सौपलाई चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै घाँटीको समस्या हटेर जान्छ।
- दैनिक रुपमा सोपलाई चपाएर खानाले छालामा समेत चमक आउँछ।
- हात तथा खुट्टा झमभाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सोप र धनियालाई बराबर मात्रामा मिलाएर त्यसको मिश्रण बनाएर मिश्री पानीसित खानाले पनि हातखुट्टा पोल्न समस्या वस्तारै कम भएर जान्छ। एजेन्सी
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
आहार र पोषण
मधुमेहदेखि मोटोपनासम्म— आलसको चमत्कारी फाइदा
शुक्रबार, भदौ ६, २०८२
मह र अदुवाको मिश्रण स्वास्थ्यका लागि लाभदायी, जानौँ !
बिहीबार, चैत १४, २०८१ट्रेन्डिङ
