नेभिगेशन

युरिक एसिड बढ्न नदिन यसो गरौं

 शरीरमा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिड बढ्ने गर्छ । तसर्थ खानपानमा विशेष ध्यान पु-याउनुपर्छ । - रातो मासु, सी–फुड, दाल, राज्मा, च्याउ, बन्दा, मटर पनिर, भिन्डीलगायत पदार्थको अत्यधिक सेवनले युरिक एसिड बढ्छ । यस्ता खानेकुरा ठिक्क मात्रामा मात्र खानुपर्छ । - पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ । जसको माध्यमले बढीभन्दा बढी युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निस्कियोस् । - दैनिक भोजनमा करिब ५ सय ग्राम भिटामिन समावेश गर्न जरुरी हुन्छ । - जबर्जस्ती कसरत गरेर तौल कम गर्दासमेत युरिक एसिड हुन्छ । अत्यधिक औषधिको सेवन, थाइराइडमा समस्या, आइरनको मात्रा बढेमा र मदिरापानले युरिक एसिड बढ्छ । तसर्थ, यस्ता कुराबाट बच्न आवश्यक छ । एजेन्सी 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्