
वायु प्रदूषणका कारण विषाक्त हावा फैलिएपछि भारतको राजधानीमा अधिकारीहरू सार्वजनिक स्वास्थ्य सङ्कटकालको घोषणा गर्न बाध्य भएका छन्। वायु प्रदूषणका कारण विद्यालयहरूमा ५० लाखवटा मास्क वितरण गर्न लागिएको छ। दिल्लीमा तीन दिनका लागि सबैखाले निर्माणकार्य बन्द गर्न निर्देशन दिइएको छ भने मङ्गलवारसम्म सबै विद्यालयहरू बन्द रहनेछन्। हावामा विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित अधिकतम तहभन्दा २० गुणा बढी हानिकारक तत्त्वहरू पाइएको छ।
'ग्यास च्याम्बर'
प्रदूषण गम्भीर रूपमा बढेपछि सर्वोच्च न्यायालयको अनुमतिमा गठित एउटा समितिले दिल्ली र आसपासका अन्य दुई राज्यमा विभिन्न खाले प्रतिबन्धहरू लगाएको छ। नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली "ग्यास च्याम्बर" मा परिणत भएको बताएका छन्। वितरित मास्क यथासम्भव प्रयोग गर्न केजरीवालले आग्रह गरेका छन्। अहिले भारतको राजधानीलाई बाक्लो तुँवालोले ढाकेको छ। मानिसहरूले त्यसको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्दै आक्रोश व्यक्त गरेका छन्। बर्सेनि यस्तो अवस्था दोहोरिने गरेको भन्दै उनीहरूले सरकारसँग आक्रोश पोखेका छन्। प्रत्येक वर्ष नोभेम्बर र डिसेम्बर महिनामा दिल्लीको हावा विषाक्त बन्ने गरेको छ।कारण
छिमेकी हरियाणा र पन्जाब राज्यमा किसानहरूले अन्नबाली भित्र्याएपछि खेतमा ठूटा र खोस्टामा आगो लगाउने गरेका छन्। त्यसरी लगाइने आगोका दृश्य भू-उपग्रहबाट खिचिने तस्बिरमा पनि देखिने गरेको छ।
शुक्रवार भारतीय प्रधानमन्त्री र जर्मन चान्सलर राष्ट्रपति भवनमा उपस्थित हुँदा पनि वायु प्रदूषणको प्रभाव देखिएको थियो[/caption]नेपालमा कस्तो असर?
नेपालको वायु प्रदूषणको कारण यहाँ हुने गतिविधिबाट मात्र नभई भारतबाट आउने प्रदूषित वायु पनि रहेको विज्ञहरूले बताउने गरेका छन्। हिउँद र सुक्खा याममा लुम्बिनी र सौराहामा काठमाण्डूमा भन्दा बढी प्रदूषण देखिनुमा सीमापारिबाट आउने कण जिम्मेवार भएको बताइन्छ।
'निकै हानिकारक'
त्यस्ता साना कणमा रासायनिक पदार्थ पनि रहिरहन सक्ने र मानिसको शरीरभित्र छिर्न सक्ने भएकाले स्वास्थ्यका लागि सबैभन्दा बढी हानिकारक हुने गर्छन्।जाडो याममा वायुमण्डलमा 'ब्राउन क्लाउड' भनिने प्रदूषणको एउटा तह बनेर त्यसले सूर्यका किरणहरू छेक्ने गरेकाले समस्याहरू थप जटिल बन्ने विज्ञहरूको भनाइ छ।
दिल्लीमा बाङ्लादेशी किकेट टोलीका प्रशिक्षकले आफ्ना खेलाडीहरूले पनि मास्क प्रयोग गर्ने बताएका छन्[/caption]
दुई वर्षअघि नोभेम्बर महिनामा वायु प्रदूषण बढेपछि गुडगाँवका अस्पतालमा बिरामीलाई पनि मास्क दिइएको थियो[/caption]
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ
