नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा तीन जना नयाँ उपसचिव आएका छन्। सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा तथा कामकाज हेरफेरसम्बन्धी निर्णयअनुसार तीन उपसचिव स्वास्थ्य मन्त्रालयमा पठाइएका हुन्।
मन्त्रालयमा सरुवा भएर आउनेमा अध्यागमन विभागका टेककुमार रेग्मी, जिल्ला प्रशासन कार्यालय बर्दियाका अशोककुमार भण्डारी र जिल्ला समन्वय समिति कञ्चनपुरका खेमराज काफ्ले रहेका छन्।
सामान्य प्रशासन मन्त्रालयले मंगलबार विभिन्न सरकारी निकायमा कार्यरत ४४ जना उपसचिवको सरुवा तथा कामकाजमा हेरफेर गरेको थियो। सोही क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा तीन उपसचिवको सरुवा भएको हो।
यता, स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा कार्यरत चार जना उपसचिवलाई भने अन्य निकायमा पठाइएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत हरि पंगेनीको गृह मन्त्रालयमा सरुवा भएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका प्रेमकाजी महर्जनलाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ।
त्यसैगरी, स्वास्थ्य सेवा विभाग टेकुमा कार्यरत प्रकाश देवकोटाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमै कार्यरत केशव पौडेललाई कृषि, वन तथा पर्यावरण मन्त्रालयमा सरुवा गरिएको छ।
नयाँ सरुवा निर्णयसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा तीन उपसचिव थपिएका छन् भने मन्त्रालय र मातहतका निकायबाट चार उपसचिव बाहिरिएका छन्।
जलन उपचारमा एकरूपता ल्याउन राष्ट्रिय उपचार सेवा मापदण्ड तयार
बुधबार, असोज २१, २०८३
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को परीक्षामा ३६.४६ प्रतिशत विद्यार्थी उत्तीर्ण
बुधबार, असोज २१, २०८३
कांग्रेस महामन्त्रीमा मेडिकल व्यवसायी सुनिलकुमार शर्माले दिए उम्मेदवारी
मंगलबार, असोज २०, २०८३
अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा
मंगलबार, असोज २०, २०८३
