नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले विभिन्न स्नातक तहका स्वास्थ्यसम्बन्धी विषयमा लिएको परीक्षामा ३६ दशमलव ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
परिषद्को परीक्षा समितिले सार्वजनिक गरेको विवरणअनुसार स्नातक तहका विभिन्न १७ वटा विषयमा गरी कुल ३ सय ६२ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये १ सय ३२ जना उत्तीर्ण र २ सय ३० जना अनुत्तीर्ण भएका छन्।
स्नातक तहअन्तर्गत बीएससी रिनल डायलाइसिस टेक्नोलोजी (डायलाइसिस), ब्याचलर इन अकुपञ्चर (एसीसीयू) र ब्याचलर इन प्रोस्थेटिक्स एन्ड अर्थोटिक्स विषयमा सहभागी सबै परीक्षार्थी उत्तीर्ण भएका छन्।
त्यस्तै, ब्याचलर इन नेचुरोपेथी एन्ड योगिक साइन्स (बीएनवाईएस) मा ७५ प्रतिशत, ब्याचलर इन पब्लिक हेल्थ (बीपीएच) मा ५९ दशमलव ५२ प्रतिशत र ब्याचलर इन फिजियोथेरापी (बीपीटी) मा ६० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
ब्याचलर इन मेडिकल ल्याबोरेटरी टेक्नोलोजी (बीएससी एमएलटी) मा ६९ जनामध्ये २२ जना उत्तीर्ण हुँदा उत्तीर्ण प्रतिशत ३१ दशमलव ८८ प्रतिशत रहेको छ। ब्याचलर इन एनेस्थेसिया (एटी) मा १३ जनामध्ये ४ जना उत्तीर्ण भएका छन्।
यसैगरी, स्नातक तहको ब्याचलर इन अप्टोमेट्री (ओपीटी) मा ९३ जनामध्ये १९ जना, ब्याचलर इन मेडिकल इमेजिङ टेक्नोलोजी (बीएससी एमआईटी) मा ४६ जनामध्ये ४ जना तथा ब्याचलर अफ साइन्स इन मेडिकलरक्लिनिकल बायोकेमिस्ट्री (बीएससी बायो) मा २ जनामध्ये कुनै पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन्।
परिषद्का अनुसार ब्याचलर इन रेडियोथेरापी (बीएससी आरडीटी) मा सहभागी २ जनै उत्तीर्ण भएका छन् भने ब्याचलर इन युनानी (बीयूएमएस) मा सहभागी १ जना अनुत्तीर्ण भएका छन्।
पीसीएल तहमा ४७.५८ प्रतिशत उत्तीर्ण
पीसीएल तहका विभिन्न विषयमा भने कुल ३ हजार ९८ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये १ हजार ४ सय ७४ जना उत्तीर्ण र १ हजार ६ सय २४ जना अनुत्तीर्ण भएका छन्। पीसीएल तहको समग्र उत्तीर्ण प्रतिशत ४७ दशमलव ५८ प्रतिशत रहेको छ।
पीसीएलतर्फ पीसीएल इन डायग्नोस्टिक रेडियोग्राफी (आरडी) मा २ सय ६२ जनामध्ये १ सय ८७ जना उत्तीर्ण भएका छन्। यसको उत्तीर्ण प्रतिशत ७१ दशमलव ३७ प्रतिशत रहेको छ।
त्यस्तै, पीसीएल इन डेन्टल हाइजिन (डीएच) मा २ सय २५ जनामध्ये १ सय ३९ जना उत्तीर्ण भएका छन्। पीसीएल इन जनरल मेडिसिन (जीएम) मा १ हजार ५ सय ८६ जनामध्ये ७ सय ३ जना उत्तीर्ण भएका छन्।
पीसीएल इन मेडिकल ल्याबोरेटरी टेक्नोलोजी (सीएमएलटी) मा ९ सय जनामध्ये ३ सय ९६ जना उत्तीर्ण भएका छन् भने पीसीएल इन अकुपञ्चर, अकुप्रेसर एन्ड मोक्सिबसन (एसीसीयू) मा ७ जनामध्ये ३ जना उत्तीर्ण भएका छन्।
परिषद्को विवरणअनुसार पीसीएल इन एनेस्थेसिया (एटी) र पीसीएल इन डायलाइसिस टेक्नोलोजी (डायलाइसिस) मा सहभागी सबै परीक्षार्थी उत्तीर्ण भएका छन्।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ बमोजिम स्थापित परिषद्ले स्वास्थ्य व्यवसायीसम्बन्धी विभिन्न विषयको परीक्षा सञ्चालन गर्दै आएको छ। परिषद्को परीक्षा समितिले उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
स्वास्थ्य मन्त्रालयमा ३ उपसचिव थपिए, ४ जनाको सरुवा (सूचीसहित)
बुधबार, असोज २१, २०८३
जलन उपचारमा एकरूपता ल्याउन राष्ट्रिय उपचार सेवा मापदण्ड तयार
बुधबार, असोज २१, २०८३
कांग्रेस महामन्त्रीमा मेडिकल व्यवसायी सुनिलकुमार शर्माले दिए उम्मेदवारी
मंगलबार, असोज २०, २०८३
अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा
मंगलबार, असोज २०, २०८३
