जनस्वास्थ्य सरोकार, भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व मिर्गौला दिवस २०२० का अनवसरमा सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
‘मिर्गौला स्वास्थ्य जहाँ सुकै जो सुकैको लागि,रोकथाम देखि पहिचान र उपचारमा समान पहँुच’ भन्ने मुल नारा रहेको सन् २०२० को विश्व मिर्गौला दिवसका अवसरमा केन्द्रमा भव्य कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितको प्रमुख आतित्थ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाले गर्नुभएको थियो ।
सो कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, बेलायतको फ्रिम्यान हस्पिटलका वरिष्ठ प्रत्यारोपण सर्जन प्रा डा डेभिड टल्बट, बरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठ, उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, वरिष्ठ मिर्गौला विशेषज्ञ प्रा.डा.रजनी हाडा, प्रा.डा गुण कुमार श्रेष्ठ, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ, एवं सफल प्रत्यारोपण गरिएका विभिन्न व्यक्ति, कलाकार, पत्रकार तथा समाजसेवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
स्वास्थ्य सचिव यादव प्रसाद कोइरालाले स्वस्थ्य रहन हरेकले आफ्नो खानपान, स्वस्थ्य जीवनशैली एवं आयम व्यायाममा ध्यानदिनुपर्नेमा जोड दिनुभयो । उहाँको भनाइ छ—‘स्वास्थ्यकर्मीहरुले विरामीलाई दिएको सल्लाह सुझाव मान्नुपर्छ ।’ स्वास्थ्य सचिव कोइरालाले आफ्नो स्वास्थ्यमा हेचेक्राइ गरी विरामी भएर आएका व्यक्तिहरुलाई केन्द्रका चिकित्सक र नर्सहरुले बिनम्र भएर उपचार सेवा उपलब्ध गराएको भन्दै प्रशंसा गर्नुभयो । हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट मिर्गौला पीडित भएर डायलाईसिस गरिरहेका र मिर्गौला प्रत्यारोपण गरिसकेका व्यक्तिहरु निकै सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुलाई कोरोना भाइरस सजिलै संक्रमण भएको पाइएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले वर्तमान विश्वमा नसर्ने रोग मृत्यूको प्रमुख कारण भएको र नेपालमा मुटु रोग, क्यान्सर, मिर्गौला र कलेजो रोगलगायत विभिन्न नसर्ने रोगबाट धेरै व्यक्तिहरु अकाल मृत्यूको शिकार भएको तथ्य केलाउँदै समयमा चेकजाँच गरेमा सजिलैसँग यस्ता रोगबाट जोगिन मद्धत पुग्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजातिले मस्तिष्क मृत्यु भएका व्यक्तिहरुको मिगौैलालगायत विभिन्न अंगहरु दान गर्नेदेखि मिर्गौला विफल भएका व्यक्तिहरुलाई डायलाईसिस एवं मिर्गौला प्रत्यारोपण गर्नुपर्नेबारे नगरपालिकाले सचेतना जगाउने अभियान गरिरहेको जानकारी दिनुभयो । उहाँले आवश्यक परेको बेलामा केन्द्रलाई सहयोग गर्नसमेत आफू तयार रहेको बताउनुभयो 
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ
