जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको मुटु बालुवाटारस्थित प्रधानमन्त्री निवासको उत्तरपूर्वी मुख्य सडकमा सुविधासम्पन्न टेस्ला डायग्नोष्टिक क्लिनिक औपचारिक रुपमा शुरु भएको छ ।
शुरुवातीको अवसरमा क्लिनिकले सम्पूर्ण निदानात्मक सेवाअन्तर्गत विभिन्न होल वडी चेकअप प्याकेजमा ५० प्रतिशत र अन्य सेवाहरुमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
वरिष्ठ प्याथोलोजिष्ट डा. केयुर गौतम र देविस प्याकुरेल, वरिष्ठ रेडियोलोजिष्ट डा. शर्मा पौडेल, कासुआरिना शाक्य, गजेन्द्र श्रेष्ठ, शेर श्रेष्ठलगायतका व्यक्तिहरुले सो क्लिनिकको उद्घाटन गर्नुभयो ।
‘यस क्लिनिकको स्थापना स्वास्थ्य सेवा सम्बन्धि अनुभवी समूहले सन् २०१९ मा गरेको थियो’—क्लिनिककी प्रमुख कार्यकारीकारी अधिकृत रिंकु श्रेष्ठले भन्नुभयो—‘जसको मुल उद्देश्य एक नविन डायग्नोष्टिक, अनुसन्धान तथा वेलनेश क्लिनिक स्थापना गर्नुका साथै किफायति दरमा नयाँ प्रविधिका साथमा उच्चतम गुणस्तरको मेडिकल सेवाहरु प्रदान गर्नु हो ।’
यो क्लिनिक आधुनिक सुविधाहरुले सम्पन्न ७ हजार वर्ग फूटको कुल क्षेत्रमा फैलिएको छ । साथै अत्याधुनिक चिकित्सा उपकरणहरुले सुसज्जित छ । टेक्नोलोजिकल विकासको गति र स्वास्थ्य सेवामा उत्कृष्टाका लागि बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै टेस्लाले सबैभन्दा उन्नत र उच्चस्तरीय प्रविधिको सेवालाई प्राथमिकतामा राखेको क्लिनिककी वोर्ड अफ डाइरेक्टर अदिश्री श्रेष्ठले जानकारी दिनुभयो ।
एउटै छातामुनि धेरै सेवाहरु उपलब्ध गराउने उद्देश्यका साथ क्लिनिकले 3 Tesla MRI, 64 Slice CT SCAN, Digital X-ray, Digital Mammography, Dental OPG-CBCT, Ultrasound and Colour Doppler लगायतका रेडियोलोजी सम्बन्धि सम्पूर्ण सेवाहरु उपलब्ध गराएको छ ।
प्याथोलोजी ल्याबले भने सबै आधारभूत जाँचहरु सम्बन्धि सेवा प्रदान गर्छ । अन्य डायग्नोष्टिक सेवाहरु जस्तैः इको कार्डियोग्राफी, एबीपी, होल्टर, इसिजी, पीएफटी, युरिया ब्रेथ टेष्ट र बीएमडीको पनि सुविधा रहेको छ ।टेष्ला क्लिनिकले बहिरङ्ग सेवाका साथै विशिष्ट सेवाहरु दिँदै आइरहेको छ । यस क्ल्नििकले रोकथामपूर्ण स्वास्थ्य सेवामा प्रमुख ध्यान दिनुका साथै सहुलियत दरमा विभिन्न स्वास्थ्य स्क्रिनिङ्गको प्याकेजहरु शुरु गरेको छ । ‘क्लिनिको मुख्य उद्देश्य भनेको आफ्नो स्वास्थ्य स्थितिको लागि मानिसहरु सचेत गराउनु हो’—बोर्ड अफ डाइरेक्टर अदिश्रीले भन्नुभयो—‘किनकि स्वस्थ्यकर जीवनका लागि आफैं सचेत हुन महत्वपूर्ण छ ।’ यस क्लिनिकसँग नेपालको एक मात्र फार्मेसी रहेको छ । जसले गाइडलाइन फर गुड फार्मेसी प्राक्टिस (जीपीपी) का सिद्धान्तहरु पालना गर्दै आइरहेको छ ।
बिरामी केन्द्रित सेवा प्रदान गर्ने मिसन अनुशरण गर्दै, फार्मेसीले औषधि र औषधि अभ्यासको सम्बन्धमा परामर्श सेवा पनि उपलब्ध गराउँछ । यस सँगै फार्मेसीले एक नियन्त्रित वातावरणमा औषधिहरुको सुरक्षा सुनिश्चित गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत रिंकुले स्पष्ट पार्नुभयो ।
टेष्ला क्लिनिक स्वास्थ्य सेवाको मापदण्डलाई मध्यनजर गरी निर्माण गरिएको हो । यस क्लिनिकमा आउने बिरामी अशक्त व्यक्तिहरुको सुविधालाई मध्यनजर गर्दै क्लिनिक व्यवस्थापन समितिले यातायात सुविधा पनि सञ्चालन गरेको छ जसले क्लिनिकमा आउने बिरामीहरुको यातायातको आवश्यकताहरु व्यवस्थित गर्न मद्धत गर्नेछ ।यो क्लिनिक हरेक दिन बिहान ७ बजेदेखि राति ८ बजेसम्म खुला रहनेछ । क्लिनिक खुल्ने अवधिभित्र रेडियोलोजी र इमेजिंग परामर्शदाता डाक्टरहरु उपलब्ध हुनेछन् । प्याथोलोजी सेवा पनि अन्तर्राष्ट्रिय मान्यता अनुरुप वरिष्ठ तथा अनुभवी प्याथोलोजिष्टहरुको निगरानीमा हुनेछ । यसका साथै अन्य बहिरंग सेवाहरु पनि साप्ताहिक तालिका अनुसार उपलब्ध छन् । टेष्ला डायग्नोष्टिक क्लिनिक आफ्ना ग्राहक महानुभावहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने उद्देश्यले खोलिएको जनाइएको छ । यस क्लिनिकद्धारा स्वास्थ्य सेवामा अत्याधुनिक चिकित्सक उपकरणहरु प्रयोग गरी अतुलनीय सेवाहरु प्रदान गर्दैै आएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ
