जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन औषधि आयातकर्ताहरु एक्यवद्धत हुन थालेका छन् ।
मद्रास फर्मास्युटिकल्स कम्पनिको उत्पादन नेपालमा बजारीकरण गर्दै आएको शारदा मेडिकेयर ट्रेडर्सले आफ्नो कम्पनिमा काम गर्ने करिब ७० जना बजार प्रतिनिधि र बजार व्यवस्थापकहरुलाई फागुन ६ गतेदेखि अर्को सुचना प्राप्त नभएसम्मका लागि बिदा दिएको छ ।
आफू सुरक्षित रहेर घरबाट नै काम गर्न आग्रह गर्दै शारदा ट्रेडर्सका सञ्चालक सुशान्त मुरारकाले भन्नुभयो —‘यो डरलाग्दो परिस्थितिमा चिकित्सक र फर्मासिष्टको सुरक्षा र कल्याणलाई पहिलो प्राथमिकतामा राखेका छौं ।’ ‘कोरोना भाइरस (कोभिड—१९) को सम्भावित संक्रमण न्युनिकरण गर्नु हामी सबैको उत्तरदायित्व हो ।’
‘हामीले घरमा बसेर काम गरिरहँदा फिल्डमा बिरामीको उपचारमा संलग्न चिकित्सक, मेडिकल अफिसर, फर्मासिष्ट, नर्स एवं स्वास्थ्य कर्मीहरुलाई हार्दिक अभिवाद र धन्यवाद प्रकट गर्दछौं ।’—मुरारकाले भन्नुभयो —‘कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणमा विश्व स्वास्थ्य संगठन र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका निर्देशनहरु पालना गरेर आफू र आफ्ना परिवारको हेरचाह गर्न सल्लाह दिन्छौं ।’
यतिखेर कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा डरलाग्दो तरिकाले फैलिरहेको छ । नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ
