नेभिगेशन

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५ हजार नाघ्यो, नेपालमा ४ जना संक्रमित [कोरोना अपडेट]

[caption id="attachment_25318" align="alignnone" width="1800"] Medical staff assist a patient in the Intensive Care Unit of the Bergamo Papa Giovanni XXIII hospital, Italy, Tuesday, March 17, 2020. For most people, the new coronavirus causes only mild or moderate symptoms. For some it can cause more severe illness, especially in older adults and people with existing health problems.(ASST Papa Giovanni XXIII via AP)[/caption] जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभीड—१९) बाट संक्रमित हुनेको संख्या ५५२,९४३ पुगेको छ । यसमध्ये २५,०४५ जनाले ज्यान गुमाइसकेका छन् भने निको भएर घर फर्कनेहरुको संख्या १२८,७०६ पुगेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका १९८ देशमा फैलिसकेको छ । हाम्रो देश नेपालमा पनि बाहिरबाट संक्रमित भएर आएका ४ जनामा कोरोनोको संक्रमण देखिएको छ । कोराना संक्रमण पहिचान भएका पहिलो व्यक्ति निको भएर घर फर्किसकेका छन् । अन्य ३ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डओ मिटर्स डट इन्फोले हामीले यो रिपोर्ट तयार पार्दासम्म अपडेट गरेको तथ्यांकले ५५२,९४३ कोरोना संक्रमितमध्ये २५,०४५ को ज्यान गएको र १२८,७०६ निको भएर घर फर्किएको देखाएको छ । संक्रमितमध्ये ३९९,१९२ को अवस्था मध्यस्तरकोको छ भने २१,०६२ को सिकिस्त अवस्थामा उपचार भइरहेको छ । यो रिपोर्ट तयार पार्दासम्म २७ मार्च २०२० को बेलुका ९.०० बजेसम्म २४ घण्टाभित्र ९७७ जनाको ज्यान गएको छ भने २१, १३३ नयाँ संक्रमित भएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा धेरै ज्यान गुमाउनेहरु इटलीका नागरिक रहेका छन् । इटलीमा ८,२१५ ले ज्यान गुमाएका छन् । यहाँ ८०,५८९ जनामा कोरोना संक्रमण भएको थियो । तर विगत २४ घण्टामा यहाँ एकजनाको पनि ज्यान गएको छैन र नयाँ संक्रमित पनि भेटिएका छैनन् । यहाँ संक्रमित भएकामध्ये १०,३६१ निको भएर घर फर्किएका छन् । कोरोनाले ज्यान गुमाउनेमा इटलीपछि दोस्रोमा स्पेन भएको छ । स्पेनमा संक्रमित भएका ६४,०५९ मध्ये समग्रमा ४,८५८ ले ज्यान गुमाएका छन् । विगत २४ घण्टामा यहाँ ४९३ ले ज्यान गुमाएका छन् भने ६,२७३ नयाँ संक्रमित भएका छन् । संक्रमितमध्ये ९,३५७ व्यक्ति निको भएर घर फर्किएका छन् । शुरुमा कोरोना देखिएको चीनमा अहिले ज्यान गुमाउनेहरुको संख्या न्युन छ भने नयाँ संक्रमित पनि कम छन् । चीनमा ८१,३४० संक्रमितमध्ये ७४,५८८ निको भएर घर फर्किसकेका छन् । यहाँ ३,२९२ को ज्यान गएको छ । आज ५५ जना नयाँ संक्रमित भएका छन् भने ५ जनाको ज्यान गएको छ । यसैगरी कोरोना संक्रमित भएर ज्यान गुमाउने मुलुकमा चौथो स्थानमा इरान रहेको छ । इरानमा ३२,३३२ संक्रमित भएकामध्ये २,३७८ को ज्यान गएको छ । ११,१३३ निको भएर घर फर्किएको इरानमा २४ घण्टामा २,९२६ नयाँ संक्रमित भएका छन् भने १४४ को ज्यान गएको छ । यसैगरी कोरोना संक्रमणबाट १,३०६ जनाको ज्यान गुमाउने राष्ट्र अमेरिकामा ८५,७६२ जनामा संक्रमण देखिएको छ । यहाँ १,८६८ निको भएका छन् । संक्रमण भएकामध्ये निको हुने संख्या न्युन छ । २४ घण्टामा अमेरिकामा ३२७ जना नयाँ संक्रमित भएका छन् भने ११ जनाको ज्यान गएको छ । यसैगरी नेदरल्याण्ड्समा ८,६०३ संक्रमितमध्ये ५४६ को ज्यान गएको छ भने ३ जनामात्र निको भएर घर फर्किएका छन् । यहाँ एकैदिन १,१७२ नयाँ संक्रमित भएका छन् भने ११२ जनाको ज्यान गएको छ । यसैगरी जर्मनीमा ४७,३७३ संक्रमित भएकोमा अहिलेसम्म ५,६७३ निको भएर घर फर्किएका छन् । तर एकैदिन ३,४३५ जना नयाँ संक्रमित देखिएका छन् । यहाँ २८५ जनाको ज्यान गएको छ । यसैगरी फ्रान्समा २९,१५५ संक्रमितमध्ये १,६९६ को ज्यान गएको छ भने ४,९४८ निको भएर घर फर्किका छन् । बेल्जियममा ७,२८४ संक्रमितमध्ये २८९ को ज्यान गएको छ भने ८५८ निको भएर घर फर्किएका छन् । यहाँ एकैदिन १,०४९ जनलाई संक्रमण भएको छ भने ६९ जनाको ज्यान गएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्