नेभिगेशन

कोरोनाबारे भ्रम फैलाउने समाचार सम्प्रेषण र प्रकाशन गर्ने सञ्चारकर्मी र सञ्चार गृहलाई कारबाही गरिने

जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबारे भ्रम फैलाउने प्रकृतिका समाचार सम्प्रेषण नगरिदिन सञ्चार जगतलाई आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणबारे आफ्नो व्यक्तिगत धारणा र मनगणन्ते तरिकाले सुचना भ्रवाह नगर्न आपिल गरेको छ । कोरोना संक्रमणबारे नेपालको वर्तमान गतिविधि बारे अपडेट गराउने क्रममा मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले सुचना संकलन र सम्प्रेष्ण गर्दा विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेका यथार्थ जानकारीबाहेक आफ्नो धारणा अनुभवहरु लेखेर समाजमा भ्रमहरु नफैलाउन अपिल गर्नुभयो ।
अन्यथा संक्रामक रोग ऐन २०२० अनुसार सञ्चारकर्मी र सञ्चार माध्यमलाई कारबाही गरिने मन्त्रालयबाट निर्णय भएको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो—‘हामीले कोरोना विरुद्धमा सचेतना जगाउने कुरा गरौं तर भ्रम छर्ने कुराहरु नगरौं ।’
त्रास र मनको भय ‘जो मोर्यो, त्यो कोरोनाले मर्यो’ भन्ने खालको प्रचार प्रसार भइरहेको छ । यो अत्यन्तै संवेदनशील घडी हो । कतिसम्म भयो भने गाउँघरतिर कोही मरेमा ‘कोरोनाकै कारण मर्यो’ भनेर मलामी नजाने खालका क्रियाकलपाहरु समेत भइरहेको छ । ‘मृत्यु भएका व्यक्तिहरुको नमुना परीक्षण गर्दा पोजेटिभ नतिजालाई पोजेटिभ भनेका छौं । निगेटिभलाई निगेटिभ नै भनेका छौं ।’—डा. कार्कीले भन्नुभयो— ‘अरु कारणले मृत्यु भएमा पनि कोरोनासँग दाँज्ने गरिएको छ । समाजमा त्रास र मनको भय एकदमै बढेको छ ।’ सबै कोरोना हुँदैनन् कोरोना संक्रमण भइसकेपछि पनि ८० प्रतिशत व्यक्तिहरुलाई सामान्य सुख्खा खोकी र ज्वरो देखिन्छ । यसले झुक्याइदिन्छ । अरु बेलाको भन्दा कम किसिमको रुघाखोकी पनि हुनसक्छ । २० प्रतिशत मध्ये १५ प्रतिशतको सामान्य रुघाखोकी हुने भएकाले सामान्य औषधि खाएर निको हुन्छ । करिब ५ प्रतिशत मात्र अस्पतालमा भर्ना गरी थप उपचारको आवश्यकता पर्छ । त्यसैले अस्पताल भर्ना भएका सबैलाई कोराना संक्रमण भएको आंकलन गर्न नहुने डा. कार्कीले सुझाउनुभयो । वर्तमान अवस्थामा कोरोनाको संक्रमणको दर बढी छ तर यसले मानिसलाई पार्ने प्रभाव र मृत्यु हुने दर कम छ । लोकल र कम्युनिटी ट्रान्समिसन छैन नेपालको सन्दर्भमा यो एउटा व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने लोकल ट्रान्समिसन र एउटा समाजबाट अर्को समाजमा फैलिने कम्युनिटी ट्रान्समिसनको परिस्थिति सृजना भएको छैन । अहिले कोरोना संक्रमण भएको देशबाट आएका व्यक्तिहरुलाई मात्र बढी निगरानी गर्नुपर्ने अवस्था छ । यस्ता व्यक्तिहरुलाई पहिचान गरी नमुना परीक्षण गराइरहेको डा. कार्कीको भनाइ छ । व्यक्ति विरुद्ध होइन रोग विरुद्ध लडौं ‘स्थानीय तहले गरेको निगरानी तारिफयोग्य छ । विदेशबाट आएका व्यक्तिबाट गाउँका सबैलाई सर्छ भन्ने गलत बुझाई छ । यसले गाउँमा भेदभाव गर्ने प्रचलन बढ्दै गएको छ । कतिपय ठाउँमा त गाउँका व्यक्तिहरुले गाउँ नै छोड्न बाद्य पार्ने खालको व्यवहार पनि भएको कुरा कल सेन्टरका सुचनाहरुबाट प्राप्त भइरहेको उहाँले जानकारी गराउनुभयो ।
‘अहिले हामी रोगका बिरुद्ध लड्ने हो । कुनै एक व्यक्तिको बिरुद्धमा होइन ।’—डा. कार्कीले भन्नुभयो—‘त्यसैले विदेशबाट आएका व्यक्तिले सतर्कता अपनाउनुपर्छ ।’
त्यो बेला बिजय पाउँछौं ‘कोरोना संक्रमण नियन्त्रण गर्न लक डाउनबाहेक अर्को विकल्प नै छैन । हुलहुलमा हिड्ने प्रवृत्तिलाई त्याग्नुपर्छ । आन्दोलन ताका कफ्र्यु खोलेजस्तो गरी हिँड्न राम्रो होइन । यो प्रजातान्त्रिक आन्दोलन जस्तो विषय पनि होइन । हामी सबैलाई बचाउन लकडाउन गरेको भन्ने बुझ्न जरुरी छ । अत्यावश्यक सामान किन्न जाँदा एक्लै जाने र लाइनमा एक मिटरमा फरकमा बस्नुपर्छ ।
हिँड्दा मास्क लगाएर छुट्टै हिँड्नुपर्छ ।’—‘आ— आफ्नो ठाउँमा सचेत भएमा मात्र कोरोना विरुद्धको लडाईमा विजय प्राप्त गर्न सक्छौं ।’
धैर्यताको खाँचो एक अर्कामा आमने सामने नबस्नुहोला । यो थुकको छिटाबाट सर्ने भएकाले निकै ख्याल गर्नुपर्छ । एक मिटरको फरकमा रहेर व्यवहार गर्नुपर्छ । कोरानाको महामारीबारेकोे चरित्र र फैलिएको कारणबारे सम्बन्धित चिकित्सक र बैज्ञानिकहरुबाट अध्ययन र अनुस्न्धान भइरहेकाले केही समय धैर्य गरिदिन डा. कार्कीले आग्रह गर्नुभयो । नमुना परीक्षणको सवाल अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका टेष्टहरु ९९२ पुगेका छन् । आज मात्र ७६ वटा नयाँ टेष्ट भएको छ । दायर बढाएसँगै टेष्टको स्पिड पनि बढिरहेको छ । आइसोलेसनमा टेकुमा ४ जना र पाटनमा ३ जना छन् । पाटनको परीक्षण भइरहेको छ । अरु संक्रमित ४ जनाको कन्ट्याक्ट ट्रेसिंगहरु भइरहेको छ । उहाँहरुको कन्ट्याक्ट ट्रेसिङको सिलसिलामा नजिकका परिवारका सदस्यहरु र उहाँका नजिकका आफन्त र उहाँसँग नजिकै सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षणहरु निगेटिभ पाइएको छ । मन्त्रालयमा १११५ र ११३३ गरी २ वटा कल सेन्टरहरु छन् । । अहिलेसम्म १३०० भन्दा बढी कलहरु आएको जानकारी दिइएको छ ।
विभिन्न प्रदेशहरुमा कोरोनाको संकामा आइसोलेसनमा ९३ जना बिरामी रहेका छन् । नमुनाहरु हालसम्म २१७ वटा संकलन भएका छन् । केही टेष्टहरु भइरहेका छन् । केहीको रिपार्ट आइसकेको अवस्था छ ।
दुवहीबाट आएका र मृत्यु भएका वुटवलका ३४ वर्षीय पुरुषको परीक्षणका लागि नमुना पठाएकोमा नतिजा निगेटिभ भेटिएको छ । पाटनमा मृत्यु भएका रेनल फेल भएका ३६ वर्षका पुरुषको नमुन परीक्षणका लागि राष्ट्रिय जनसंख्या प्रयोगशालमा पठाइएको छ । त्यसैगरी बीर अस्पतालमा पनि कोरोनाको आशंका गरिएका २ जनाको मृत्यु भएको छ । उहाँहरुमध्ये एक जना ज्वरोसहित ब्लड प्रेसर र डायबिटिजको बिरामी भएको र अर्को बिरामी चाँही भारतीय नागरिक र कालिमाटीतिर बस्नको पनि नमुना परीक्षण भइरहेको छ । यसको नतिजा सार्वजनिक गर्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । स्वास्थ्य सामाग्री र ल्याबको कुरा के हुँदैछ ? चीनबाट आएका स्वास्थ्य सामाग्रीहरुअन्तर्गतका सबै प्रदेशहरुमा कम्तिमा एक हजार सेटको दरले पिपिई र १० हजार भन्दा बढी मास्कहरु, २० हजार भन्दा बढी ग्लब्सहरु पठाएको छ । धनगढी, सुर्खेत र बिराटनगरमा हवाइजहाज मार्फत गइसकेको छ । अन्य ४ प्रदेशमा गाडीबाट गइएरहेको प्रवक्ता डा. देवकोटाले जानकारी गराउनुभयो ।
प्रयोगशालाको नमुना परीक्षणको दायरा फराकिलो हुँदै लगिएको छ । नमुना परीक्षणको सेवा विस्तार पनि भएको छ । धरानमा नमुना परीक्षण शुरु भइसकेको छ । यहाँबाट अहिलेसम्म १९ वटा नमुना परीक्षण भइसकेको छ । आज थप ६ वटा नमुना संकलन भएको छ । यसको रिजल्ट सार्वजनिक गर्ने डा. देवकाटाले बताउनुभयो ।
विभिन्न प्रदेशमा प्रयोगशाला विस्तार गर्ने क्रममा प्राप्त भइका ५ वटा मेसिन र सम्बन्धित रिएजेन्ट्सको आधारमा हामीले हाललाई धनगढी सुर्खेत वुटवल र जनकपुरमा विस्तार गर्ने योजना भएको डा. देवकोटाले जानकारी दिनुभयो । https://www.facebook.com/mohpnep/videos/529067591346779/
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्