नेभिगेशन

कोरोना संक्रमणमा पहिलो अमेरिका, मृत्यु हुनेमा इटाली, भारतमा १७८ को मृत्यु [कोभिड—१९ अपडेट]

जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभीड—१९) बाट संक्रमित हुनेको संख्या १,५१८,७१९ पुगेको छ । यसमध्ये ८८,५०२ जनाले ज्यान गुमाइसकेका छन् भने निको भएर घर फर्कनेहरुको संख्या ३३०,५८९ पुगेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका २०९ देशमा फैलिसकेको छ । हाम्रो देश नेपालमा पनि बाहिरबाट संक्रमित भएर आएका ८ जना र बाहिरबाट आएका व्यक्तिबाट संक्रमित भएका १ जना गरी ९ जनामा कोरोनोको संक्रमण देखिएको छ । कोराना संक्रमण पहिचान भएका पहिलो व्यक्ति निको भएर घर फर्किसकेका छन् । उपचाररत ८ जनामध्ये ४ जना धनगढी, २ जना बागलुङ र २ जनाको काठमाडौंको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डओ मिटर्स डट इन्फोले हामीले यो रिपोर्ट तयार पार्दासम्म अपडेट गरेको तथ्यांकले कारोना संक्रमितमध्ये १,०५१,५४९ को अवस्था मध्यस्तरकोको छ भने ४८,०७९ को सिकिस्त अवस्थामा उपचार भइरहेको छ । पहिलो अमेरिका अमेरिकामा धेरै कोरोना संक्रमित भएका छन् । अमेरिकामा अहिलेसम्म कोरानो संक्रमित हुनेहरुको संख्या ४३५,१२८, मत्यु, १४७९४ र निको भएर घर फर्किनेको संख्या २२८९१ रहेको छ । दोस्रो स्पेन स्पेनमा संक्रमित १४८,२२० मृत्यु १४७९२ र निको भएर डिस्चार्ज हुने व्यक्तिको संख्या ४८,०२१ रहेको छ । तेस्रो इटली इटलीमा संक्रमित १३९,४२२ मृत्यु १७,६६९ रिकभरी हुनेहरुको संख्या २६४९१ रहेको छ । चौथो जर्मनी जर्मनीमा संक्रमित ११३,२९६ मृत्इु २,३४९ र रिकभरी ४६,३०० रहेको छ । पाँचौ फ्रान्स फ्रान्समा संक्रमित ११२,९५०, मृत्यु १०,८६९ र रिकभरी २१,२५४ रहेको छ । छैटौं चीन चीनको बुहानबाट शुरु भएको कोरोना भाइरस (कोभीड १९) संक्रमितबाट यतिखेर चीन छैटौं स्थानमा पुगेको छ । चीनमा संक्रमित ८१,८६५, मत्यु ३,३३५ र रिकभरी ७७३७० रहेको छ । भारतको अवस्था छिमेकी मुलुक भारतमा अहिलेसम्म ५,९१६, मृत्यु १७८ र रिकभरी ५०६ रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्