जनस्वास्थ्य सरोकार, काठमाडौं । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनलाई थप कडाइ गर्दै संक्रममितको पहिचान, परीक्षण र उपचारमा जोड दिने निर्णय गरेको छ ।
बैठकले नेपालमा कोरोना संक्रमणको अवस्था क्रमशः जोखिमयुक्त हँदै गएको र संक्रमणको दर बढ्दै गएको निष्कर्ष निकालेको छ । यो बढीभन्दा बढी परीक्षणमा जोड दिने र कोरोना न्यूनीकरणका लागि आवश्यक सबै प्रक्रिया अवलम्बन गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताउनुभयो ।
लकडाउन पालना नगरी घरबाहिर जथाभावी निस्किने, हुलमुल गर्नेलगायतलाई पक्राउ गरी थुनामा राख्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिनेछ । पाँच वर्षसम्म कैद सजायको व्यवस्था छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ
