जनस्वास्थ्य सरोकार, काठमाडौं । यतिखेर धेरै सर्वसाधारण कोरोना टेष्टबारे कन्फ्युजनमा रहेको पाइन्छ । कहिले र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) पोजेटिभ आउँछ, पिसिआर नेगेटिभ देखिन्छ तर कहिले आरडिटी पोजेटिभ देखिएमा पिसिआरमा पनि पोजेटिभ देखिन्छ । आखिर यो कन्फ्युजन किन ? यसबारे जानकारी दिँदै हुनुहुन्छ मोर्डन डायग्नोष्टिकका क्लिनिकल माइक्रोबायोलोजिष्ट नरेश पोखरेल र वरिष्ठ प्रयोगशाला टेक्निसियन अभिषेक चौधरी ।
कोभिड—१९ भाइरस ट्र्याक गर्न, महामारी रोक्न, महामरी लाई उचित व्यवस्थापन गरी अन्त्य गर्न डायग्नोस्टिक परीक्षणले महत्वपूर्ण भूमिका खेल्छ ।
जब एक संक्रमणीय रोगको प्रकोप शुरू हुन्छ, प्रयोगशाला परीक्षण नै एउटा त्यस्तो विधी हो जसले महामरिको छिटो छरितो पहिचान, बिरामीको द्रुत उपचार र प्रकोप रोक्न मद्दत गर्दछ ।
प्रयोगशाला परीक्षणले मात्र संक्रमित व्यक्तिहरूसँग सम्पर्कमा आएको व्यक्ति पहिचान गर्न मद्दत गर्दछ जसले तिनीहरूलाई द्रुत रूपमा उपचार गर्न सकिन्छ । कोविड—१९ उन्मूलन गर्न प्रयोगशाला परीक्षण सँगै सामाजिक दूरी पनि माहामारी बिरूद्ध लड्न एक शक्तिशाली हतियार बन्न सक्छ । चीन, कोरिया, ताइवान र सिंगापुर जस्ता देशहरूले पनि कोविड—१९ महामारी नियन्त्रणमा लिएका छन् जसले प्रारम्भिक परीक्षण प्रणाली र प्रभावित व्यक्तिहरुलाई अलग गर्ने जस्ता निती अवलम्बन गरेको हामी देख्न सक्छौं ।
कोविड—१९ को नियन्त्रण गर्न ‘परीक्षण, उपचार र ट्र्याक गर्ने’ जस्ता रणनीति पनि अवलम्बन गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले पनि प्रकोप नियन्त्रण गर्न संघर्ष गरिरहेका देशहरूलाई कोरोनाभाइरसको लागि ‘टेस्ट, टेस्ट, टेस्ट’ गर्न आह्वान गरिरहेको छ । जब सम्म हामी त्यस्तो गर्न सक्दैनौं तब सम्म थाहा हुँदैन भाइरस छ वा छैन भनेर ।नेपालमा कोभिड–१९ कोरोनाभाइरस पत्ता लगाउन अहिले दुइ वटा फरक टेक्नोलोजीको किट प्रयोग गरिएको छ । र्यापिड डायग्नोस्टिक टेस्ट किट जुन एन्टिबडी एन्टिजिन रियाक्सनको सिद्धान्तमा आधारित किट हो र अर्को आरटी– पीसीआर जुनमा भाइरसको जीनोमिक विशेषताहरु पत्ता लगाइन्छ । कोरोना भाइरस छ या छैन भन्ने निश्चित गर्ने भरपर्दो विधी आरटी– पीसीआर नै हो, र्यापिड डायग्नोस्टिक टेस्ट लाई सेरोलोजिकल परीक्षण पनि भनिन्छ । आरडिटि (र्यापिड डायग्नोस्टिक टेस्ट किट) का पनि आफ्नै फाइदा पनि छ त्यस्तै बेफाइदा पनि छ । फाइदा यस अर्थमा छ कि सेरोलोजिकल परीक्षणले व्यक्तिमा कोविड—१९ मा प्रतिरक्षा क्षमता विकास भएको छ कि छैन भनेर भन्छ अर्को फाइदा एक सेरोलोजिकल परीक्षणले मात्र त्यो व्यक्तिको रगतमा कोविड —१९ सम्बन्धित एन्टिबडीहरूको स्तर निर्धारण गर्छ जुन प्लाज्मा थेरापी उपचारमा पनि प्रयोग हुन सक्छ । बेफाइदा यस अर्थमा, मानौँ कुनै मानिसमा कोभिड–१९ संक्रमण छ, र्यापिड डायग्नोस्टिक किटबाट टेस्ट गर्दा नेगेटिभ आयो, अब के गर्ने, नेगेटिभ आयो भनेर खुशी हुने ? यदि यसो गरियो भने र एउटा पनि त्यस्तो फल्स नेगेटिभ समुदायमा छोडियो भने पुरै देशका लागि खतरा बन्न सक्छ ।
कुनै पनि भाइरस शरीरमा छिरिसकेपछि त्यसपछि बल्ल शरीरले ले त्यो भाइरसविरुद्ध एन्टिबडी बनाउँछ, जुन बन्न ७ देखि ८ दिन सम्म लाग्छ, मानिसमा भाइरस प्रवेश गरेको दिन दखि ७ देखि ८ दिन सम्म र्यापिड नेगेटिभ आउँछ जसलाई हामी विन्डो पिरियड पनि भन्छौं । त्यो स्थितिमा पीसीआर नै उत्तम विकल्प हो ।के हो त पिसिआर ? पीसीआर भनेको पोलिमरेज चेन रियाक्सन हो र यो एक तुलनात्मक रूपमा सरल र व्यापक रूपमा प्रयोग गरिएको मोलिक्युलर बायोलोजी (आणविक जीवविज्ञान) प्रविधि हो जसमा न्यूक्लिक एसिड सामग्री जस्तै डीएनए र आरएनए विस्तार गरी पत्ता लगाउने महत्वपूर्ण परीक्षण विधि हो । परम्परागत विधिहरू जस्तै डीएनए क्लोनिंग र प्रवर्धनको तुलनामा, जुन समय खपत र चुनौतीपूर्ण विधि हो । पीसीआर परीक्षण गर्न केही घण्टा मात्र आवश्यक पर्दछ । पीसीआर अत्यधिक संवेदनशील विधि हो र विशेष अनुक्रमहरूको प्रवर्धनका लागि न्यूनतम टेम्पलेटको आवश्यकता पर्दछ । साधारण पीसीआर विधिहरू सरल डीएनए र आरएनए पहिचानबाट अगाडि बढेको छ । सामान्यतया कोरोना परिक्षणमा प्रयोगमा ल्याइएको पीसीआर बिधि हो रिभर्स ट्रान्सक्रिप्शन पोलिमरेज चेन रिएक्शन । रिभर्स ट्रान्सक्रिप्शन पोलिमरेज चेन रिएक्शन रिभर्स ट्रान्सक्रिप्शन पोलिमरेज चेन रिएक्शन (आरटी पिसिआर) एक प्रयोगशाला पीसीआर टेक्निक हो, यस विधिमा डियनए भन्दापनि आरएनए प्रयोग हुन्छ । रिभर्स ट्रान्सक्रिप्टटेस भन्ने एन्जाइमले आरएनएको टुक्रालाई पूरक डीएनए बनाउँछ जुन आरएनए, डिएनएमा रिभर्स ट्रान्सक्रिप्शन संयोजन भएको भनिन्छ । यही डिएनए मोलिक्युलर पिसिआर रियाक्सन मार्फत पत्ता लगाइन्छ । आरटी–पीसीआरबाट नै कोरोना भाइरसको परीक्षण किन ?
आरटी– पीसीआर जसमा भाइरसको आरएनए छ या छैन भनी पत्ता लगाईन्छ । यो प्रविधिबाट भाइरस संक्रमण भएकै दिन देखि नै नतिजा पोजेटिभ देखिन थाल्छ । जसले गर्दा संक्रमित व्यक्तिको समयमा नै पहिचान हुन्छ र बिरामीलाई आइसोलेसनमा राख्न सकिन्छ, जसले गर्दा रोग महामारीको सम्भावनालाई न्यून गर्न मद्दत पुग्छ ।कोभिड– १९ संक्रमणको निदानमा आईजीएम,आईजीजी सेरोलोजिकल परीक्षण र आरटी–पीसीआरलाई हामी यसरी बुझ्न सक्छौं ।
आरटी–पीसीआर र्यापिड टेस्ट किट सम्भावित परिणामहरू पोजेटिभ नेगेटिभ बिरामीमा विन्डो पिरियड संक्रमण हुन सक्छ । संक्रमण भएको व्यक्तिले संक्रमण सार्ने क्षमता राख्दछ । पोजेटिभ पोजटिभ बिरामी संक्रमण चरणमा छ र संक्रमण भएको व्यक्तिले संक्रमण सार्ने क्षमता राख्दछ । नेगेटिभ नेगेटिभ बिरामीलाई संक्रमण नभएको नेगेटिभ पोजेटिभ बिरामीलाई संक्रमण भएको र बिरामी निको हुनुको चरणमा हुन सक्छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२
अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ

