नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले स्वास्थ्य तथा शिक्षा क्षेत्रका विभिन्न निकायमा कार्यरत उच्च पदाधिकारीहरूलाई एकैपटक पदमुक्त गरेको छ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेका अध्यादेशमार्फत अघिल्लो सरकारले नियुक्त गरेका उपकुलपति, रजिष्ट्रार, अध्यक्षसहितका पदाधिकारीहरू हटाइएका हुन्।
अध्यादेश लागू भएसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति भुपेन्द्रकुमार बस्नेत, रेक्टर लोचन कार्की, रजिष्ट्रार ज्ञानेन्द्र शाह र डिन अशेष ढुंगाना पदमुक्त भएका छन्।
त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विक्रमप्रसाद श्रेष्ठ, रेक्टर सञ्जीवकुमार शर्मा, रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौला र अस्पताल निर्देशक जगतनारायण प्रसादलाई पनि पदमुक्त गरिएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बुद्धिप्रसाद पौडेल, रेक्टर सिर्जना श्रेष्ठ, रजिष्ट्रार पारसप्रसाद आचार्य, डिन नेविशमान सिंह प्रधान तथा अस्पताल निर्देशक रवि शाक्य पनि हटाइएका छन्।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पुजनकुमार रोकाय, रेक्टर डबलबहादुर धामी र रजिष्ट्रार लक्ष्मीचन्द्र महत पदमुक्त भएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरतबहादुर खत्री पनि पदबाट हटाइएका छन्।
त्यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक रवि मल्ल तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नेतृत्व पनि परिवर्तन गरिएको छ।
नियामक निकायतर्फ नेपाल मेडिकल काउन्सिलका अध्यक्ष चोपलाल भुसाल, नेपाल नर्सिङ परिषद्का अध्यक्ष मुनाकुमारी थापा र रजिष्ट्रार शुक्ला खनाललाई पनि हटाइएको छ।
यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष नारायणविक्रम थापा र सदस्य सचिव प्रमोद जोशी पदमुक्त भएका छन्।
नेपाल आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष श्याममणि अधिकारी, नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रज्वलजंग पाण्डे र रजिष्ट्रार सञ्जीवकुमार पाण्डे तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुवोध शर्मासहितका पदाधिकारीहरू पनि पदमुक्त भएका छन्। स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीसहित सात जना सदस्य पदमुक्त भएका छन्।
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
बागलुङमा १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि
बुधबार, भदौ ३१, २०८३
