नेभिगेशन

१९ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्याग गरी विदेशी नागरिकता लिएका १९ जना चिकित्सकहरूको नाम आफ्नो दर्ता किताबबाट हटाएको जनाएको छ।

नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ अनुसार उक्त निर्णय गरिएको स्पष्ट पारेको छ।

काउन्सिलका अनुसार विदेशी राहदानी लिएपछि सम्बन्धित चिकित्सकहरू नेपालको कानुनी प्रावधानअनुसार काउन्सिलमा दर्ता कायम राख्न अयोग्य हुने भएकाले नाम खारेज गरिएको हो।

निर्णय वैशाख १८ देखि लागू हुने गरी कार्यान्वयनमा ल्याइएको काउन्सिलले जनाएको छ। दर्ता खारेज गरिएका चिकित्सकहरूमा विभिन्न देशका नागरिकता लिएका चिकित्सकहरू समावेश छन्।

सूचीअनुसार बेलायती, क्यानडियन, अमेरिकी, न्युजिल्याण्ड, जर्मन, भारतीय तथा अस्ट्रेलियन नागरिकता लिएका चिकित्सकहरूको नाम हटाइएको हो।

उक्त सूचीमा डा. सुमिन्द्रा पुन, डा. शैलेश कुमार जयसवाल, डा. भूपेश खड्का, डा. आरती रानाभाट, डा. रमेश राज पहारी, डा. सन्जोक घले, डा. ऋषिराज बराल, डा. प्रभु पाण्डे, डा. तृप्ति महर्जन, डा. सृजना श्रेष्ठ, डा. सुनिता बिष्ट, डा. दिपा मल्ल, डा. सौरब जी.सी., डा. जेनिशा श्रेष्ठ, डा. प्रभास रेग्मी, डा. दिपिका ज्ञवाली, डा. हेमु चौरासिया, डा. समिक्षा शर्मा र डा. मनोरमा पाण्डे रहेका छन्। काउन्सिलले यसबारे सम्बन्धित सबै पक्षलाई जानकारी गराउँदै यस्तो निर्णय सार्वजनिक गरेको जनाएको छ।

nepal-medical-council-3-1777614224.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट