नोपाल हेल्थ न्युज, काठमाडौं । सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण कानुनी व्यवस्था समेटिएका तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को हालै बसेको बैठकले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश’, ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ राष्ट्रपतिको कार्यालय पठाएको हो।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार सिफारिस गरिएका अध्यादेशहरू हाल अध्ययनको क्रममा रहेका छन्। सरकारले विशेषगरी स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालनमा देखिएका जटिलता हटाउन तथा विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्थालाई स्पष्ट र प्रभावकारी बनाउन यी अध्यादेश ल्याउने तयारी गरेको बुझिएको छ।
हाल नेपालमा ६ वटा संघीय र २ वटा प्रदेशस्तरीय गरी कुल ८ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन्। संघीय स्तरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्। प्रदेश स्तरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र बागमतीस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन्।
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई एकीकृत रूपमा नियमन गर्न ‘छाता ऐन’ ल्याउने विषयमा विगत लामो समयदेखि तयारी हुँदै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धी मस्यौदा तयार गरिसकेको भए पनि सरकार परिवर्तनसँगै पटक–पटक संशोधन हुँदै आएको छ। उक्त मस्यौदा हालसम्म संसदमा पेश हुन सकेको छैन।
सरकारले आर्थिक भार घटाउने र शैक्षिक कार्यक्रमहरूमा एकरूपता ल्याउने उद्देश्यले सबै प्रतिष्ठानहरूको शैक्षिक नेतृत्व एउटै उपकुलपतिबाट गराउने तथा प्रतिष्ठानहरूमा डिन र अस्पताल निर्देशक रहने व्यवस्था प्रस्ताव गरेको छ। तर उक्त प्रस्तावित छाता ऐन अझै कार्यान्वयनमा आउन सकेको छैन।
ग्राण्डी अस्पतालको सहकार्यमा टोखामा डेँगु तथा औलो नियन्त्रण सचेतना कार्यक्रम सम्पन्न
बिहीबार, वैशाख १७, २०८३
अस्पतालको फोटो वा भिडियो खिचे कारवाही हुने
बुधबार, वैशाख १६, २०८३
सुडान द्वन्द्वः यौन हिंसाबाट मानसिक स्वास्थ्य सङ्कट गहिरिँदै
बुधबार, वैशाख १६, २०८३
अचेत भएपछि उपसभामुख ठाकुर अस्पताल भर्ना
बुधबार, वैशाख १६, २०८३

