जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । उनी चौथो तहको क्यान्सरसँग जुधिरहेको बताइएको छ । स्रोतकाअनुसार उनी उपचारका लागि अमेरिका जाने तयारी गरिरहेका छन् । तर, सञ्जयले यस विषयमा भने बोलेका छैनन् ।
छातीको दुःखाई र सास लिन गाह्रो भएपछि उनले अगस्टमा मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए । कोरोनाको आशंका गरिए पनि उनको रिपोर्ट नेगेटिभ आएको छ ।
दुई दिन अस्पताल बसेर अहिले उनी डिस्चार्ज भएका छन् । डिस्चार्ज भए पनि उनले आफूलाई असहज महसुस भएकाले मेडिकल ट्रिटमेन्टको आवश्यकता रहेको बताएका थिए । एजेन्सी
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

