नेकपाका महासचिव विष्णु पौडेलका पीएसओलाई पोजिटिभ देखिएपछि बोगटी र उनका पीएले पनि स्वाब दिएका थिए । पीएको ३१ गते नै कोरोना पोजेटिभ रिपोर्ट आयो भने बोगटीको रिपोर्ट नेगेटिभ आयो । ‘नेगेटिभ आएपछि अरुसँग पनि घुलमिल भए । रिपोर्ट नआउँदासम्म छुटटै बसेको थिए । परिवारसँग पनि नजिक भए,’ बोगटीले भने,‘ हिजो (मंगलबार) त फेरि पोजेटिभ भएको रिपोर्ट पो आयो ।’ नेगेटिभ आए पनि सोमबार दिउँसो काठमाडौं महानगरपालिकाका कर्मचारीले पोजिटिभ आएको भन्दै फोन गरेपछि उनले ल्याबमा फोन गरेर बुझेका थिए । ‘ल्याबबाट नेगेटिभ म्यासेज आएको थियो । काठमाडौं महानगरपालिकाका कर्मचारीले भने पोजिटिभ आएको भन्दै फोन गरेपछि के भएको हो भनेर बुझ्दा फेरि पोजेटिभ भएको म्यासेज आयो,’ उनले भने ।तीन दिनअघि नेगेटिभ रिपोर्ट आएर खुसी भएका उनी त्यही स्वाबबाट पोजेटिभ रिपोर्ट आएपछि आत्तिएनन् बरु आत्मबल दह्रो बनाएर आइसोलेसनमा गए । कोरोनाले कुनै जात, पद नहेर्ने भएकोले सावधानी अपनाउन उनको आग्रह छ । ‘चाहेर वा नचाहेर कसैलाई कोरोना हुने होइन । यसले मान्छे चिन्दैन,’ उनले भने, ‘सावधानीचाहिँ अपनाउनु पर्ने देखियो । सामाजिक दूरी कायम गरौं ।’ आइसोलेसनमा बस्दा पनि आत्तिनेभन्दा पनि आत्मबल दह्रो बनाउनु पर्ने उनको सुझाव छ । ‘आइसोलेसनमा बस्दा पनि आत्तिएको छैन । आफन्त र पार्टीका साथीहरुसँग फोनमा कुरा गरिरहेको छु,’ उनले भने, ‘निरास हुँदै कोरोनाबाट मुक्त हुन सकिँदैन भन्ने सुनेको छु । त्यसैले मलाई कोरोना लागेको छ भन्ने नै बिर्सेर बसेको छु ।’ यसअघि संघीय संसद्का सांसद प्रदीप यादवलाई कोरोना लागेको थियो । प्रदीप यादव भने कोरोनामुक्त भइसकेका छन् । कान्तिपुरदैनिकबाट
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ
