नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा बच्चा जन्माउने क्रममा एक सुत्केरीको मृत्यु भएको छ।
धादिङको गजुरी गाउँपालिका–८ की करिब ३२ वर्षीया रबिना तामाङको सोमबार राति मृत्यु भएको हो। अस्पतालमा अपरेसनमार्फत बच्चा जन्माएपछि उहाँको स्वास्थ्य अवस्था जटिल बनेको र राति मृत्यु भएको जनाइएको छ।
तामाङ असोज १८ गते अस्पताल भर्ना भएकी थिइन्। बच्चा जन्मिएपछि उनको मृत्यु भएपछि परिवार तथा आफन्त आक्रोशित हुनुभएको छ। उहाँहरूले अस्पतालको लापरबाहीका कारण रबिनाको मृत्यु भएको आरोप लगाउनुभएको छ।
घटनापछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार अहिले अस्पताल प्रशासन, चिकित्सक र मृतकका परिवारबीच घटनाबारे छलफल भइरहेको छ। एसपी थापाले भन्नुभयो, “अस्पताल प्रशासन र चिकित्सकहरूसँग पीडित परिवारको कुराकानी भइरहेको छ।”
रबिनाले जन्माएको नवजात शिशुलाई भने आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
कांग्रेस महामन्त्रीमा मेडिकल व्यवसायी सुनिलकुमार शर्माले दिए उम्मेदवारी
मंगलबार, असोज २०, २०८३
अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा
मंगलबार, असोज २०, २०८३
संवेदनशील अङ्गमा दुर्व्यवहारको आरोप लागेका स्वास्थ्यकर्मीविरुद्ध बलात्कार मुद्दा
मंगलबार, असोज २०, २०८३
ब्लूएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता उठाउने
मंगलबार, असोज २०, २०८३
