जनस्वास्थ्य सरोकार, काठमाडौं । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा कलेजोसँगै टासिएको ट्युमरको शल्यक्रिया सफल भएको छ। दुबै मृगौलाको माथि, कलेजोसँगै टाँसिएर रहेको ट्युमरको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका ७ की बबिता माझी विगत ४ महिनादेखि कलेजोसँगै टाँसिएको ट्युमरबाट पीडित थिइन्। उपचारमा संलग्न डा. बासुदेब बाँस्कोटाका अनुसार यस किसिमको शल्यक्रिया नेपालमा पहिलो पटक भएको हो । यसलाई ‘एड्रिनल मास' भन्ने गरिन्छ। शल्यक्रिया सम्पन्न गर्न ४ घण्टा बढी समय लागेको डा. बाँस्कोटाले जानकारी दिनुभयो ।कोरोना महामारीको समयमा पनि जटिल प्रकारका रोगको उपचार गर्दै आएको विएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालले जुनसुकै समयमा पनि उपचार दिने अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले बताउनुभयो । लकडाउनका कारण भारत जाने बिरामी पनि आउने गरेकोले थप बिरामीको सेवामा अस्पताल क्रियाशील रहेको उहाँको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
