जनस्वास्थ्य सरोकार, काठमाडौं । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा कलेजोसँगै टासिएको ट्युमरको शल्यक्रिया सफल भएको छ। दुबै मृगौलाको माथि, कलेजोसँगै टाँसिएर रहेको ट्युमरको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका ७ की बबिता माझी विगत ४ महिनादेखि कलेजोसँगै टाँसिएको ट्युमरबाट पीडित थिइन्। उपचारमा संलग्न डा. बासुदेब बाँस्कोटाका अनुसार यस किसिमको शल्यक्रिया नेपालमा पहिलो पटक भएको हो । यसलाई ‘एड्रिनल मास' भन्ने गरिन्छ। शल्यक्रिया सम्पन्न गर्न ४ घण्टा बढी समय लागेको डा. बाँस्कोटाले जानकारी दिनुभयो ।कोरोना महामारीको समयमा पनि जटिल प्रकारका रोगको उपचार गर्दै आएको विएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालले जुनसुकै समयमा पनि उपचार दिने अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले बताउनुभयो । लकडाउनका कारण भारत जाने बिरामी पनि आउने गरेकोले थप बिरामीको सेवामा अस्पताल क्रियाशील रहेको उहाँको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

