जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वायम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बिहिबार राति दुई समूहबीच झडप हुँदा आकस्मिक कक्षमा क्षति पुगेको छ । दुई समूहबीचको झडपले इसिजी मेशिन, ड्रेसिङ ड्रम, बस्ने टुल, एम्ब ब्याग र अन्य मेडिकल उपकरणहरु तोडफोड भएको अस्पतालले जनाएको छ । करिब २०/३० जनाको अज्ञात समूहको झडपमा परि इमर्जेन्सीमा कार्यरत डाक्टर, नर्स र सुरक्षा गार्ड समेत कुटिएका छन् ।
बिहीबार अपरान्ह रानीवन र ढुंगेधाराका युवाबीच भलिवल खेल्ने क्रममा ग्याङ फाइट भएको थियो । सो क्रममा घाइते भएका पाँच जना युवालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो । कुट्ने समूहको एक जना युवा पक्राउ परेपछि सोही समूहका अरु तीस चालिस जना युवा आएर घाइतेमाथि कुटपिट गरेको अस्पतालका निर्देशक डा. धर्म सुवेदीले बताउनुभयो ।
अस्पताल प्रशासनले उक्त कार्य गर्नेलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । अस्पतालले उक्त घटनापछि नयाँ बिरामीलाई सेवा दिन नसक्ने बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
घरमै बसी-बसी तौल घटाउन खोज्दै हुनुहुन्छ? यी ५ टिप्स अपनाउनुहोस्!
बुधबार, कात्तिक ११, २०८३
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
वीर अस्पतालसहित ४ स्वास्थ्य संस्थालाई शल्यक्रिया सिकाउने उपकरण सहयोग
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३ट्रेन्डिङ
