जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वायम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बिहिबार राति दुई समूहबीच झडप हुँदा आकस्मिक कक्षमा क्षति पुगेको छ । दुई समूहबीचको झडपले इसिजी मेशिन, ड्रेसिङ ड्रम, बस्ने टुल, एम्ब ब्याग र अन्य मेडिकल उपकरणहरु तोडफोड भएको अस्पतालले जनाएको छ । करिब २०/३० जनाको अज्ञात समूहको झडपमा परि इमर्जेन्सीमा कार्यरत डाक्टर, नर्स र सुरक्षा गार्ड समेत कुटिएका छन् ।
बिहीबार अपरान्ह रानीवन र ढुंगेधाराका युवाबीच भलिवल खेल्ने क्रममा ग्याङ फाइट भएको थियो । सो क्रममा घाइते भएका पाँच जना युवालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो । कुट्ने समूहको एक जना युवा पक्राउ परेपछि सोही समूहका अरु तीस चालिस जना युवा आएर घाइतेमाथि कुटपिट गरेको अस्पतालका निर्देशक डा. धर्म सुवेदीले बताउनुभयो ।
अस्पताल प्रशासनले उक्त कार्य गर्नेलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । अस्पतालले उक्त घटनापछि नयाँ बिरामीलाई सेवा दिन नसक्ने बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

