काठमाडौ, चैत्र १३, विज्ञहरूका अनुसार विदेशमा मेडिकल कलेज चलाउन निजी क्षेत्रलाई कमै मात्र दिइएको हुन्छ।
डा.गोविन्द केसीले अनशन थाल्नुअघि आइतबार दिएको जानकारीअनुसार दक्षिण एसियामा राम्रो स्वास्थ सुविधा भएकको श्रीलंकामा ९ सरकारी र एक निजी मेडिकल कलेज छ। क्यानाडामा १०, केन्यामा ५ र दक्षिण अप्रिmकामा ८ सरकारी मेडिकल कलेज मात्र छन्।
नेपालमा भने ३ सरकारी र १७ निजी मेडिकल कलेज सञ्चालनमा छन्। दुई करोडभन्दा बढी जनसंख्या भएको भारतको राजधानी दिल्लीमा ६ सरकारी र एक निजी मेडिकल कलेज छन् भने करिब २६ लाख जनसंख्या भएको काठमाडौंमा ५ निजी र २ सरकारी छन्। अधिकांश विकसित मुलुकमा सरकारी मेडिकल कलेज मात्र हुन्छन्। त्यहा खुला प्र तिस्पर्धाबाट मेरिटका आधारमा मात्र विद्यार्थी भर्ना लिइन्छ, कान्तिपुरमा छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७१
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ