यहाँको एक मात्र दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत लैला खातुनको उपचारमा समस्या भएको छ ।
दृष्टिविहीन स्रोत कक्षाअन्तर्गत कुश्मास्थित शिवालय मावि कक्षा १२की लैला खातुनको मिर्गाैला र पित्तथैलीमा पत्थरी देखिएपछि समस्या भएको हो । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण अस्पतालले रु १० हजार धरौटी मात्रै माग गर्दा पनि उपलब्ध गराउन नसक्दा उनको उपचार हुन सकेको छैन । पीडित खातुन अस्पतालको शै्ययामा छट्पटाइरहँदा उनका बाबु मोहम्मद अब्दूर रहमन दाताको खोजीका लागि विभिन्न स्थानमा धाइरहेका छन् ।
“सम्पत्तिका नाममा एक टुक्रा जग्गा पनि छैन”, उहाँले भन्नुभयो “छोरीलाई १० हजार रुपैयाँ जुटाउन सके पनि धेरै सहयोग हुने थियो । ” उहाँले छोरीका लागि अस्पतालले रकम छुट गरेर रु १० हजार मात्रै माग्दा पनि आफूले उपलब्ध गराउन नसकेको दुखेसो गर्नुभयो । बीसवर्षीय लैलाका शिक्षक हरिप्रसाद शर्माले समेत लैलाको जीवन रक्षाका लागि सहयोग प्रदान गर्न सहयोगदातासमक्ष आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १, २०७४
प्रतिक्रिया दिनुहोस्
थप
जनस्वास्थ्य वहस
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ

