नेपाल हेल्थ न्युज, हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश स्वास्थ्य सेवा अन्तर्गत निर्देशक र मुख्य जनस्वास्थ्य प्रशासक एघारौं तहका दुई रिक्त पदमा बढुवा प्रक्रिया सम्पन्न गरी योग्य उम्मेदवारहरूलाई सिफारिस गरेको छ।
प्रदेश लोक सेवा आयोगकोको सूचना अनुसार बढुवाको मूल्याङ्कन कार्यक्षमताका आधारित भएको हो। बढुवा समितिको निर्णयअनुसार सागर प्रसाद घिमिरे र सतीश विष्ट लाई पदोन्नतिका लागि सिफारिस गरिएको छ।
बढुवा प्रक्रिया प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ४३ को अनुरूप गरिएको हो।
प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३

