नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न प्रतिष्ठान र अस्पतालमा रिक्त रहेका नेतृत्व पदमा संस्थाभित्रकै वरिष्ठ चिकित्सक र कर्मचारीलाई अन्तरिम जिम्मेवारी दिइएको छ। नयाँ अध्यादेश अनुसार, पदमा स्थायी नियुक्ति नभएसम्म यी व्यक्तिहरूले व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन्।
यसैअनुसार, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मा प्रा.डा. समिता पन्तलाई निम्मित उपकुलपति बनाइएको छ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मा डा. नरेन्द्र विक्रम गुरुङलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा सह-प्रा.डा. विनम्र विष्ट, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा सह-प्रा.डा. इन्द्र लिम्बु र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा सह(प्रा.डा. सुरेश रसाइलीलाई अन्तरिम जिम्मेवारी दिइएको छ।
स्वास्थ्य सेवामा विशेष भूमिका निर्वाह गर्ने अस्पतालमा पनि नियुक्ति गरिएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा डा. उमेश नेपाललाई निम्मित कार्यकारी निर्देशक बनाइए भने सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा सह-प्रा.डा. रविन्द्रभक्त तिमलालाई निम्मित कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा शकुन्तला प्रजापतिलाई र वीर अस्पतालमा निम्मित निर्देशकमा डा. प्रभा कोइरालालाई नियुक्त गरिएको छ।
स्वास्थ्य मन्त्रालयले जनाएको छ कि, रिक्त पदका कारण प्रशासनिक कामकाज र स्वास्थ्य सेवा प्रवाह प्रभावित नहोस् भनेर यो अन्तरिम व्यवस्था अनुसार नियुक्त गरिएको हो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
