नेपाल हेल्थ न्युज, काभ्रेपलाञ्चोक । देशका चार अस्पताललाई ३६ ‘हेमोडाइलासिस मेसिन’ प्रदान गरिएको छ । जर्मन रोटरी क्लबको सहयोग र रोटरी क्लब अफ धुलिखेलको समन्वयमा आइतबार ४ अस्पतालको लागि ३६ वटा हेमोडायलाइसिस मेशिन हस्तान्तरण गरिएको हो ।
धुलिखेल अस्पताल धुलिखेललाई १० वटा, शिर मेमोरियल अस्पताल बनेपालाई १० वटा, कौशल्या मेमोरियल अस्पताल कोहलपुर बाँकेलाई १० वटा, र सहिद स्मृति सामुदायिक अस्पताल बर्दघाटलाई ६ वटा गरी ३६ वटा हेमोडायलाइसिस मेशिन हस्तान्तरण गरिएको छ ।
धुलिखेल नगरपालिकामा आयोजित कार्यक्रममा मिर्गौला रोगीहरूको उपचारलाई प्रभावकारी बनाउन ति मेसिन हस्तान्तरण गरिएको जानकारी दिइएको छ ।
पाँच करोडभन्दा बढी मूल्य पर्ने यी उपकरणहरूले मृगौला रोगीहरूको उपचारमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको रोटरी क्लब अफ धुलिखेलकी अध्यक्ष ज्योत्सना सैंजुले बताउनुभयो ।
सो अवसरमा रोटरी क्लब अफ धुलिखेल, धुलिखेल अस्पताल र नगरपालिकाबीच ब्लड बैंक स्थापना तथा विद्युतीय शवदाह गृह निर्माण गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
