नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकमार्फत नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवलाई पदमुक्त गरेको छ। यसअघि सरकारले अध्यादेशमार्फत काउन्सिलका अध्यक्ष तथा सदस्यहरूलाई समेत पदमुक्त गरेको थियो।
नेपाल मेडिकल काउन्सिल ऐन २०२० अनुसार, रजिष्ट्रारलाई बर्खास्त, सस्पेन्ड वा अन्य सजाय गर्न आवश्यक परे नियम अनुसार गर्ने व्यवस्था छ।
सरकारले सोही ऐनको आधारमा काउन्सिल नियमावली, २०२४ संशोधन गरी डा. देवलाई पदमुक्त गरेको हो।
स्रोतका अनुसार नियमावली संशोधनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रजिष्ट्रार पदमा निमित्त नियुक्ति गर्ने तयारी अघि बढाएको छ। नयाँ व्यवस्था अनुसार काउन्सिलको प्रशासनिक तथा दर्तासम्बन्धी कामकारबाही निरन्तर सञ्चालन गर्न अस्थायी जिम्मेवारी तोकिनेछ।
यसअघि डा. देवलाई पदमुक्त नगर्ने विषयमा मन्त्रालयमा छलफल भएको थियो। उनी राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको दबाबमा नियुक्त थिए भने अहिले प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की निकट मानिन्छन्।
डा. देवले नेपाल हेल्थ न्युजसँग कुरा गर्दै भने, “मैले पद जोगाउन कसैसँग भनसुन गरेको छैन र नियमित सरोकारवालाबाहेक कसैसँग भेट पनि गरिनँ। सरकारको निर्देशनअनुसार काम गर्छु। मेरो कुनै राजनीतिक पक्षधरता छैन।”
नेतृत्वविहीन स्वास्थ्य निकायमा निमित्त प्रमुख नियुक्तिको तयारी
बिहीबार, वैशाख २४, २०८३
सरकारी कर्मचारी र स्वास्थ्यकर्मी गरेर १२ ट्रेड युनियन दर्ता खारेज
बिहीबार, वैशाख २४, २०८३
स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत
बिहीबार, वैशाख २४, २०८३
चितवन मेडिकल कलेजले काठमाडौं र हेटौंडामा अस्पताल सञ्चालन गर्दै
बिहीबार, वैशाख २४, २०८३

