नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेतृत्वविहीन बनेका अस्पताल, बोर्ड, प्रतिष्ठान र अन्य स्वास्थ्य निकायहरूमा अस्थायी रूपमा निमित्त प्रमुख नियुक्त गर्ने तयारी थालेको छ।
केही दिनअघि सरकारले जारी गरेको अध्यादेशअनुसार मन्त्रालयअन्तर्गतका विभिन्न संस्थाका प्रमुख पद रिक्त भएका थिए। यसको असर स्वरुप ती संस्थाहरू नेतृत्वविहीन बनेका हुन्। मन्त्रालयका स्रोतहरूका अनुसार, नेतृत्वको अभावले नियमित प्रशासनिक काम र स्वास्थ्य सेवा प्रवाहमा असर देखिन थालेपछि अस्थायी व्यवस्थापन अघि बढाइएको हो।
हालसम्म नयाँ नेतृत्वको औपचारिक नियुक्ति प्रक्रिया सुरु नहुँदा पूर्णकालीन नियुक्ति हुन अझ केही समय लाग्ने देखिएको छ। सो अवधिसम्म संस्थाको काम निमित्त प्रमुखमार्फतै सञ्चालन हुने मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले निमित्त नियुक्ति विवादरहित र सक्षम व्यक्तिलाई दिने प्रयास गरिरहेको छ। वरिष्ठतालाई प्राथमिकता दिइने तर विवादित व्यक्तिको सट्टा योग्य अन्य व्यक्तिलाई जिम्मेवारी दिन सकिने तयारी भइरहेको छ।
विशेषगरी अस्पताल, बोर्ड, स्वास्थ्य प्रतिष्ठान र नियामक निकायमा प्रशासनिक निर्णय, कर्मचारी व्यवस्थापन र सेवा संचालनमा रोकावट नआओस् भनेर यो कदम उठाइएको स्वास्थ्य अधिकारीहरूले बताए। अधिकांश संस्थामा यही हप्ताभित्रै निमित्त जिम्मेवारी तोकिने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।
विशेषज्ञहरूका अनुसार, नेतृत्व रिक्त हुँदा नीति निर्माण, कर्मचारी व्यवस्थापन, खरिद प्रक्रिया र सेवा प्रवाह प्रभावित हुने भएकाले यस्तो संक्रमणकालीन व्यवस्थापन आवश्यक देखिएको हो।
सरकारी कर्मचारी र स्वास्थ्यकर्मी गरेर १२ ट्रेड युनियन दर्ता खारेज
बिहीबार, वैशाख २४, २०८३
स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत
बिहीबार, वैशाख २४, २०८३
चितवन मेडिकल कलेजले काठमाडौं र हेटौंडामा अस्पताल सञ्चालन गर्दै
बिहीबार, वैशाख २४, २०८३
एटलान्टिक क्रुज जहाजमा हान्ता भाइरस प्रकोप, तीन जनाको मृत्यु
बिहीबार, वैशाख २४, २०८३

