नेभिगेशन

मसलामा छ स्वास्थ्य र सौन्दर्यको राज

एकातिर मसलाले खाना स्वादिष्ट बनाउँछ भने अर्कोतिर यसले धेरै रोगबाट बचाउन पनि मद्धत गर्छ । यति मात्र नभई मसलाले सौन्दर्यको पनि त्यत्तिकै ख्याल राख्छ । बहुगुणी यस्ता मसला के के छन् ? आउनुस् जानौं । हींग स्वाद खानाको स्वाद बढ्दछ । हींगले झानेको दाल स्वादिष्ट हुन्छ । स्वास्थ्य दाँत दुखेको बेला गालाको बाहिरी भागमा हींगको लेप लगाउनाले दुखाइ कम हुन्छ । नवजात शिशुको पेट दुखेको बेला नाइटाको वरिपरी यसको लेप लगाइदिनाले पेट दुखाइ कम हुन्छ । हींगको धूलोमा थोरै नून मिलाएर खाएमा ‘लो ब्लड प्रेसर’ ठीक हुन्छ ।  पेट दुखेको बेलामा हींग गुणकारी औषधि हो । (कब्जीयतको समस्या भएमा हींगको धूलोमा थोरै सोडा मिलाएर राती सुत्नुभन्दा पहिले पिउनाले पेट सफा हुन्छ र कब्जीयतको समस्या हुँदैन ।) सौन्दर्य  गुलाबजल र मुल्तानी मीट्टीसँग हींगलाई मिलाएर लगाउनाले अनुहारको चाउरीपना हराउँछ । यो फेस प्याकलाई १५ मिनेटसम्म लगाएर पानीले धुनुपर्छ । टमाटरको गुदीमा थोरै हींग र चीनी मिलाएर लगाउनाले अनुहारको रङमा निखार ल्याउँछ ।  हींग, दूध, गुलाबजल र मह मिलाएर बनाएको पेस्ट अनुहारमा लगाउनाले अनुहारको रुखोपना हराउँदछ । जीरा स्वाद खाना स्वादिष्ट बनाउनमा जीराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । दाल एवं तरकारीमा जीरा धेरै उपयोगी मानिन्छ । धेरै परिकारमा धेरै तरीकाले जीराको प्रयोग गरेको पाइन्छ । स्वास्थ्य जीरा आयरन र क्याल्सियमको राम्रो स्रोत हो । यसले ‘इम्यून सिस्टम’ लाई स्वस्थ्य राख्न मद्धत गर्छ ।  जिरा राखेर उमालेको पानी पिउनाले ‘डिसेन्ट्री’ कम हुन्छ । शरीरमा बढेको बोसो घटाउन जिरा धेरै उपयोगी मानिन्छ ।  डायबिटीजका बिरामीलाई जीराले फाइदा गर्छ । एसिडिटी भएकाले बेलामा एक चिम्टी जिरा खानाले तुरुन्त राहत मिल्छ ।  जीरामा आयरन धेरै हुने भएकाले एनिमियाका बिरामीका लागि धेरै उपयोगी मानिन्छ । (जिरामा आयरन र क्याल्शिय धेरै हुने भएकाले स्तनपान गराउने महिलाका लागि यो धेरै लाभकारी मानिन्छ । जीरालाई भुटेर पिसेको पाउडर एक चम्चा बिहान बेलुका तातो पानी वा दूधमा पिउनाले धेरै फाइदा हुन्छ ।) सौन्दर्य पानीमा जीरा राखेर उमाल्ने र त्यसलाई चिसो बनाएर धुनाले अनुहार सफा र चमकदार बन्छ । जीरा पानीले नुहाउनाले शरीर को दुर्गन्ध र चिलाउने समस्याबाट छुटकारा मिल्छ ।  ३ः१ को अनुपातमा बेसार र जीरा पाउडर मिलाएर प्याक बनाइ अनुहारमा लगाउन सकिन्छ । सुकेपछि अनुहार धुँदा छाला नरम र चमकदार बन्दछ । जीराले कपाल मजबुत बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि छुटकारा दिलाउँछ । जीराको ओलिभ ओयल मिलाएर नुहाएमा स्कैल्पको मालिस गर्नाले कपालको बृद्धि राम्रो हुन्छ । दालचिनी गरम मसला वा अन्य मसला बनाउन दालचिनीको प्रयोग गरिन्छ । दालचिनी राखेको चिया पनि स्वादिष्ट बन्दछ । स्वास्थ्य दालचिनीमा हीलिंग र एन्टी इंफ्लैमेटरी गुण हुन्छ । चोट लागेको बेला यसको लेप लगाउनाले सुन्निन दिँदैन ।  यसले ब्लड कोलेस्ट्रोल कम गर्न मद्धत गर्छ । दिनहुँ बिहान खाली पेटमा एक चम्चा दालचिनी पाउडरमा मह मिलाएर मनतातो पानीमा खानाले धेरै फाइदा हुन्छ ।  दालचिनीले ब्लड सुगर लेवल नियन्त्रित गर्न मद्धत गर्दछ । डायबिटीज नभएका मानिसले पनि खाने गरेमा डायबिटीज हुनबाट बच्ने र भएकाहरुले खाएमा ब्लड सुगर लेवल कम गर्न मद्धत गर्छ । (चियामा एक चिम्टी दालचिनी पाउडर मिलाएर पिउनाले डायबिटीजमा आराम मिल्दछ ।) सौन्दर्य  दालचिनीमा पाइने एन्टी ब्याक्टेरियल तत्वले रक्तसञ्चारमा सुधार गर्न मद्धत गर्दछ ।  यो डन्डीफोर नियन्त्रणका लागि पनि राम्रो मानिन्छ । दालचिनीको पेस्ट अनुहारमा लगाएमा डन्डीफोर कम हुन्छ । बेसार बेसारलाई किचन क्वीन पनि भन्ने गरिन्छ । यो बहुउपयोगी मसला हो । स्किन केयर प्रोडक्ट्समा पनि यसको प्रयोग गरिन्छ । स्वास्थ्य  बेसार एक राम्रो एन्टीसेप्टिक हो । चोट लागेर भएको घाउमा यसको लेप उपयोगी मानिन्छ ।  तातो दूधमा बेसार पाउडर मिलाएर पिउनाले रुघाखोकी, जीउ दुखेको, भित्री चोट आदिमा आराम मिल्छ । जाडो समयमा यसरी पिउनाले जोर्नी दुखेको कम हुन्छ । यसले हड्डी र शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । बेसारमा रहेको एन्टीअक्सिडेन्टले क्यान्सरबाट बचाउन मद्धत गर्छ । यसले महिनावारी सम्बन्धी समस्या कम गर्न मद्धत गर्छ र रगत सफा पनि पार्दछ ।  शोधबाट पत्ता लागेअनुसार, बेसारले कोलेस्ट्रोल लेवल कम गर्दछ । जसले मुटुरोगको खतरा कम गर्दछ । (तातो दूधमा बेसार मिलाएर पिउनाले शरीरमा जमेको बोसो कम गर्न मद्धत गर्दछ ।) सौन्दर्य  बेसारमा राम्रो एन्टीसेप्टिक, एन्टी बायोटीक र एन्टी एजिङ्गको गुण रहेको हुन्छ ।  छालामा लगाउने क्रिमहरुमा यसको प्रयोग धेरै गरिएको हुन्छ । बेसारमा मह मिलाएर बनाएको फेस प्याक अनुहारमा लगाउनाले छाला आकर्षक हुन्छ ।  बेसारले अनुहारको दाग वा धब्बा कम गर्न मद्धत गर्दछ । धनिया धनियालाई स्वादको तड्का मानिन्छ । खाना स्वादिष्ट बनाउन हरियो धनियाको पात प्रयोग गरिन्छ । धनियाको सुकेको गेडा मसलाको रुपमा प्रयोग गरिन्छ । स्वास्थ्य  यसले घाँटी दुखेको, ज्वरो र पाचन सम्बन्धी समस्या कम गर्न मद्धत गर्छ ।  बाथ रोग र जोर्नी दुखेको बेलामा यसको लेप लाभकारी मानिन्छ ।  गर्मी मौसममा धनियाको धूलो राखेर मिश्री पानी खानाले शरीर शितल बनाउँछ । यदि ग्याँसको समस्या भएमा एक गिलास पानीमा दुइ चम्चा धनिया राखेर उमाल्नुपर्छ । यसलाई छानेर तीन भागमा बाड्ने र दिनमा तीनपटक यो पानी पिउँदा ग्याँटिकको समस्या हट्दछ । (धनियाको गेडा पानीमा उमालेर चिसो पारी पिउनाले कोलेस्ट्रोल लेवल कम हुन्छ ।) सौन्दर्य धनियाको गेडा रातभरी पानीमा भिजाएर राख्ने, बिहान त्यो पानी आइड्रपको रुपमा प्रयोग गर्नुपर्छ । यसले आँखा सफा गर्नुका साथै शितलता प्रदान गर्दछ । यसको कुलिंग इफेक्ट गर्नुका साथै आँखालाई ब्राइट, शाइनी र सफा राख्दछ । मरिच मरिचलाई स्वादको तड्का पनि भनिन्छ । तरकारी होस् वा ननभेज खाना स्पाइसी र स्वादिष्ट बनाउन मरिचको प्रयोग गरिन्छ । स्वास्थ्य मरिच एक राम्रो एन्टीब्याक्टिरियल र एन्टी अक्सिडेन्ट हो । पाचनक्रियामा सहायक हुनुका साथै यसले ग्याँसको समस्याबाट पनि छुटकारा दिलाउँछ । मरिच राखेको चिया पिउँदा चिसो, खोकी र इन्फेक्सनमा राहत मिल्दछ । यदि लो ब्लड प्रेसरको समस्या भएमा दिनमा ५ दाना मरिचसँग २१ दाना किसमिस खाने गर्नाले यो समस्या कम हुन्छ ।  ग्याँस्टिकको समस्या भएमा एक कप पानीमा आधा कागतिको रस, आधा चम्चा मरिच पाउडर र आधा चम्चा बिरेनुन मिलाएर पिउनाले आराम मिल्दछ । (खोकी लाग्दा आधा चम्चा मरिच पाउडर र आधा चम्चा मह मिलाएर दिनमा ३–४ पटक चाट्दा धेरै आराम मिल्दछ ।) सौन्दर्य  एक्सफोलिएशनका लागि मरिच धेरै राम्रो मानिन्छ ।  मरिचको पेस्ट बनाएर डन्डीफोर, दाग धब्बा भएको ठाउँमा लगाउँदा प्रभावित त्वचा एक्सफोलिएट हुन्छ जसले स्किन क्लियर देखिन्छ । राम्रो रिजल्टको लागि मरिच पाउडर दहीमा मिलाएर लगाउनुपर्दछ । अदुवा अदुवा स्वादको तड्का नै हो । भेज वा ननभेज खाना स्वादिष्ट बनाउन अदुवाको ग्रेवीको प्रयोग गरिन्छ । स्वास्थ्य  नियमित रुपले अदुवा खाने गर्नाले ग्याष्टिक र अपच कम हुन्छ ।  अदुवाको रस र मह मिसाएर खानाले खोकी कम हुन्छ । चिसो र रुघा लागेको समयमा अदुवा राखेर पकाएको चिया निकै लाभदायक हुन्छ ।  यसले कोलेस्ट्रोल लेवल पनि कम गर्न मद्धत गर्दछ ।  महिनावारीको समयमा हुने दुखाइ कम गर्न अदुवा खाने सल्लाह दिइन्छ । (अदुवाको रसमा मेथी र मह मिलाएर खानाले दमका रोगीहरुलाई फाइदा हुन्छ ।) सौन्दर्य  अदुवाले स्किन टोन निखार्नुको साथै छालाको रंग र टेक्सचरको पनि निखार्दछ ।  अनुहारमा अदुवाको पेस्ट लगाएर केही समयपछि पानीले धुनु पर्दछ । (स्मार्ट टिप्स  कुनै पनि पेस्ट आदि अनुहारमा लगाउँदा आँखामा नजाओस्, आइब्रोमा नलागोस् भनी ध्यान राख्नुपर्दछ ।  यी पेस्टले कपाल टच गर्नुहुँदैन किनकी केही मसलाले कपाललाई ब्लीच गर्न सक्दछन् ।  कुनै पनि मिश्रण सिधै अनुहारमा लगाउनुभन्दा पहिले हातमा लगाएर टेष्ट गर्नुपर्दछ । सुकुमेल तरकारी, चिया र मिठाइहरुमा फ्लेवरका लागि सुकुमेलको प्रयोग गरिन्छ । यसले बास्ना बढाउनुका साथै खाना स्वादिष्ट बनाउँछ । स्वास्थ्य  सुकुमेल मुखमा राख्नाले मुखको दुर्गन्ध हटाउँछ । औषधि बनाउन यसको प्रयोग गरिन्छ ।  अपचको समस्या कम गर्न सहायक हुन्छ ।  रक्तचाप कम गर्न मद्धत गर्छ ।  यसले शरीरको डिटाक्स गर्नमा मद्धत गर्दछ ।  डायबिटीजका बिरामीहरुलाई सुकुमेलले फाइदाजनक गर्छ । (घाँटी बसेको समस्यामा बिहान उठ्ने बित्तिकै र राति सुत्नुभन्दा पहिले सुकुमेल चबाएर मनतातो पानीमा खाएमा आराम मिल्दछ ।) सौन्दर्य  सुकुमेलमा एन्टीआक्सिडेन्टको मात्रा धेरै हुने भएकाले छालालाई पोषण प्रदान गर्दछ ।  यसले एन्टी ब्याक्टेरियलको पनि काम गर्दछ ।  सुकुमेलको तेल स्किन एलर्जीमा लाभकारी हुन्छ । यसले दाग, धब्बा बाट बचाउन मद्धत गर्छ । सुकुमेल खानाले र यसको तेलले अनुहार मालिस गर्नाले रक्तसञ्चारमा सुधार आउँछ । तेजपत्ता तेजपत्ताले खानाको फ्लेवर राम्रो बनाउँछ । तेजपत्ता हाल्नाले चिया पनि स्वादिलो बन्दछ । स्वास्थ्य तेजपत्ताको तेलमा एन्टीफंगल र एन्टीब्याक्टेरीयल गुण हुन्छ जसले धेरै रोग कम गर्न मद्धत गर्दछ ।  चिसोमा खोकी लाग्दा तेजपत्ता राखेको चिया पिउँदा आराम मिल्दछ ।  निमोनिया हुँदा तेजपत्ता हालेर बनाएको काढा (तातोपानी) धेरै फाइदाजनक हुन्छ । यसका लागि तेजपत्ता, अलैची, सखर, कपूर र ल्वागलाई थोरै पानीमा उमालेर काढा बनाउनुपर्दछ । सौन्दर्य यदि डण्डीफोरबाट पिडीत हुनुहुन्छ भने १ सय ग्राम तेजपत्तालाई एक गिलास पानीमा ७ मिनेट सम्म उमाल्ने, छानेर पानी चिसो गरेर एयरटाइट भाडामा राख्ने, दिनमा जति पटक सम्भव हुन्छ कटनबलको सहायताले यो मिश्रणलाइ अनुहारमा लगाउनाले डण्डीफोर हराएर जान्छ ।  तेजपत्ता छालाको एलर्जीमा फाइदाजनक हुन्छ । केसर केसरले खानाको स्वाद बढाउनुका साथै छालाको रंग पनि निखार्ने गर्दछ । त्यसैले धेरै ब्यूटी प्रोडक्ट्समा यसको प्रयोग गरिन्छ । स्वास्थ्य केसर छाला सम्बन्धि रोगमा फाइदाजनक हुन्छ ।  यसले चिसो, खोकी र दममा आराम पु¥याउँदछ ।  चन्दन र केसर मिसाएर निधारमा लगाउनाले आँखा र मस्तिष्कलाई सितल मिल्दछ ।  गर्भवती महिलाहरुका लागि धेरै उपयोगी मानिन्छ । यसले बच्चालाई तन्दुरुस्त राख्नुका साथै धेरै रोगहरुबाट बचाउन मद्धत गर्छ । (दुधमा थोरै केसर मिलाएर दिनहुँ पिउनाले दिमाग तेज हुनुको साथै पाचनतन्त्र पनि ठीक रहन्छ ।) सौन्दर्य केसरमा ओलिभ आयल र दुध मिलाएर फेस प्याक बनाएर अनुहारमा लगाउनाले रंगत निखारिन्छ । केसरलाई गुलावजलसँग मिसाएर टोनरको जस्तो बनाएर पनि प्रयोग गर्न सकिन्छ । केसरले छाला दागरहीत र कोमल बनाइ राख्दछ । ल्वांग मसलामा यसको प्रयोग गरिन्छ । स्वास्थ्य ल्वागंमा एन्टीबायोटिक, एन्टीसेप्टिक, एन्टीभाइरल, एन्टीफंगल जस्ता गुण पाइन्छ ।  ल्वांगको तेल जिउ, दाँत दुख्दा र शरीर सुन्निएको बेलामा प्रयोग गर्नाले फाइदाजनक गर्छ । ल्वांगको तेल दम रोग र ब्रोन्काइटिसमा उपयोगी मानिन्छ । यो मसला दुखाइ र बाथ रोगमा फाइदाजनक मानिन्छ । (ल्वांगले एन्टिसेप्टिकको काम गर्दछ । त्यसैले काटेको ठाउँमा ल्वांगको पेस्ट लगाउनाले आराम मिल्दछ र यसले छालामा जमेको ब्याक्टेरियालाई नस्ट गर्न मद्धत गर्छ ।) सौन्दर्य यदि तपाइ ब्ल्याक हेड्स र ह्वाइट हेड्सबाट चिन्तित हुुनुहुन्छ भने ल्वांगको तेल धेरै उपयोगी मानिन्छ । ल्वांगको तेल कुनै फेसप्याकमा मिलाएर लगाउनु पर्दछ । यसलाई सिधै छालामा लगाउनु हुँदैन । मेथी मेथीको साग तरकारीको रुपमा प्रयोग गरिन्छ । मेथीको दाना मसला र तड्का (झान्न) का लागि प्रयोग गरिन्छ । स्वास्थ्य नियमित रुपले यसको सेवन गर्नाले ब्लड सुगर र कोलेस्ट्रोल कम हुन्छ । जाडोको समयमा मेथीको लड्डु बनाएर खानाले जीउ, जोर्नीहरुको दुखाइमा लाभ मानिन्छ । बिहान बेलुका मेथीको रस पिउनाले डायबिटीजका रोगीलाई उपयोगी हुन्छ । बिहान खाली पेटमा मेथीको चबाउनाले एक्ट्रा क्यालोरी बर्न हुन्छ । (एक चम्चा मेथीको दाना दुइ गिलास पानीमा भिजाएर राख्ने । बिहान छानेर त्यो पानी पिउनाले तौल कम हुनुको साथै मिर्गौला स्वस्थ राख्न मद्धत गर्छ ।) सौन्दर्य  मेथीले छाला, कपाल दुवै स्वस्थ र सुन्दर बनाउन मद्धत गर्छ । मेथीको पेस्टमा नरिवलको तेल वा आलिव ओयल मिसाएर कपालमा लगाउने, सुकेपछि नुहाउनुपर्छ । यसले कपाल मजबुत बनाउनुका साथै कपाल झर्न कम हुन्छ ।  मेथी डण्डिफोर र ब्ल्याकहेड्स कम गर्न उपयोगी हुन्छ । मेथी पिसेर पेस्ट बनाउने र मह मिलाएर राती सुत्नुअघि प्रभावित ठाउँमा लगाउने र बिहान मनतातो पानीले मुख धुने गर्नाले केही दिनमा कम भएर जान्छ । मेथीले रंगत निखारिनुका साथै सुर्यको हानीकारक किरणबाट छालाको हिफाजत गर्दछ । जायफल यो मसलाको र गार्निशिंगमा पाउडरको रुपमा प्रयोग गरिन्छ । यो गरम मसला हो । स्वास्थ्य दम र मुटु सम्बन्धि रोगको उपचारमा यो धेरै उपयोगी मानिन्छ । यसले सास गन्हाउने समस्या कम गर्छ । निन्द्रा पनि राम्रो लाग्छ ।  यदि भोक नलागेमा एक चिम्टी जायफल खानुपर्छ । जायफले खाना छिटै पच्दछ र भोक लाग्दछ ।  सरस्यूको तेल र जायफलको तेल एक निश्चित अनुपातमा मिलाएर राख्ने, दिनमा २ –३ पटक त्यो तेलले मालिस गर्नाले जोर्नीको दुखाइ, सुन्निएको आदिबाट राहत मिल्दछ । (जायफल, सुप र जीरा पिसेर चूर्ण बनाउने र खानुभन्दा पहिले पानीको साथ खाने गर्नाले ग्याँष्टिकको समस्या हटेर जान्छ ।) सौन्दर्य  सावुन, स्याम्फू, परफ्यूम आदि बनाउन जायफलको प्रयोग गरिन्छ । अनुहारमा रहेको तिलकोठी हटाउन जायफलले मद्धत गर्दछ ।  राती सुत्नु भन्दा पहिले जायफलको लेप लगाउने र सुकेपछि धुने गर्नाले आँखा मुनीको कालो घेरा (डार्कसर्कल) छिटै हराएर जान्छ । ज्वानो पुरी ,परौठा बनाउने पिठो मुछ्दा थोरै ज्वानो राखेमा पुरी, परौठा स्वादिष्ट बन्दछ । स्वास्थ्य  ज्वानोले धेरै रोगहरुबाट छुटकारा दिलाउँछ । राति सुत्नुभन्दा पहिला तातो पानी र ज्वानो खाने गर्नाले पाचन तन्त्र ठीक रहन्छ र ग्याँष्टिकको समस्या पनि कम हुन्छ । पेट दुखेको बेला सखर र ज्वानो खाएमा समस्या कम हुन्छ । ज्वानो गर्मी चिज भएकाले रुघाखोकी लागेको बेला खाएमा आराम मिल्दछ ।  सबै किसिमको दुखाइमा ज्वानोको तेल उपयोगी हुन्छ । (ज्वानो छाला सम्बन्धी रोगमा उपयोगी हुन्छ । चिलाउने समस्यामा ज्वानो पिसेर लगाउनाले आराम मिल्दछ ।) सौन्दर्य  ज्वनो पिसेर गुलाव जल र काँक्राको रस मिलाएर लगाउनाले तिलकोठी हराएर जान्छ । ज्वानोको पातको जुस पिउनाले छाला हाइडे«ट र ग्लो हुन्छ ।  यसको पातको जुस पिउनाले कपाल स्वस्थ र सुन्दर हुन्छ । (चेतावनी उपरोक्त चिकित्सा पद्धतिका सम्बन्धमा हामीले तथ्यपूर्ण जानकारी दिन पुरै सावधानी अपनाएका छौ । तर कुनै पनि चिज खानु र प्रयोग गर्नु भन्दा पहिले आफ्नो वैद्य वा चिकित्सक सँग सल्लाह अवश्य लिनुपर्दछ ।)
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आहार र पोषण