नेपाल हेल्थ न्युज, काठमाडौँ । सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को स्वागत गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै सांसदहरुले विधेयकले नेत्र उपचार सेवा विस्तारमा सहयोग पुग्ने भन्दै त्यसको स्वागत गरेका हुन् ।
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल गर्दै राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की आछामीले विधेयकले आगामी दिनमा आँखा उपचारको क्षेत्रमा राम्रो उपचार हुने बताउनुभयो ।
यसैगरी सांसद मायाप्रसाद शर्माले यो विधेयक समयसान्दर्भिक रहेको बताउनुभयो । “यो सरोकारवालासँग छलफल गरेर आएको छ । आर्थिक रुपमा पनि आर्थिकभार व्यहोर्नुपर्ने छैन । यो विधेयक उचित छ,” उहाँले भन्नुभयो।
सांसद सुरेशकुमार आलेमगरले आँखाको स्वास्थ्यको विषयमा विश्वविद्यालय स्थापना हुनु स्वागतयोग्य रहेको बताउनुभयो ।सांसद पदमबहादुर परियारले गहिरोसँग छलफल गरेर आएको विधेयकले आँखाको स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो । “आँखा उपचारको सेवा विस्तार गर्दै सरल, सहज र पहुँचयोग्य उपचार सेवा पाउने भएकाले विधेयक राम्रो छ । तर केही समय विश्वविद्यालयलाई स्वतन्त्र रुपमा काम गर्न छाड्नुपर्छ,” उहाँले भन्नुभयो।
सांसद विष्णुकुमारी सापकोटाले विधेयकमा देशभरका नेत्रज्योति सङ्घलाई पनि समेट्न्पर्ने तथा यसबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । रासस
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

