हाम्रो शरीरमा कुनै पनि समय स्वास्थ्य समस्या देखा पर्न सक्दछ । यस्ता समस्या समाधान गर्न विभिन्न किसिमका उपचार पद्धतीहरु आविष्कार भएका छन् । त्यसमध्ये फिजियोथेरापी पद्धती पनि एक हो । यसलाई वैज्ञानिक चिकित्सा पद्धती भनिन्छ । नेपाली भाषामा यसलाई भौतिक चिकित्सा भन्ने गरिन्छ ।
विभिन्न किसिमका रोगहरुलाई बिना औषधि शारीरिक ब्यायाम गर्न लगाई विधुतिय उपकरणको मद्धतले फिजियोथेरापिस्टको प्रत्यक्ष संलग्नतामा गरिने उपचार पद्धतीलाई फिजियोथेरापी भनिन्छ ।
फिजियोथेरापी उपचार पद्धतीबाट मांसपेशी तथा हाडजोर्नी सम्बन्धी समस्याहरु जस्तै, गर्दन दुःख्ने, ढाड दुःख्ने, घुँडा दुःख्ने र कुर्कुच्चा दुःख्ने साथै नशा रोग सम्बन्धी समस्या जस्तै, प्यारालाईसिस, मुख बाँङ्गिएको, हात नचल्ने, स्पाइनल कर्ड इन्जुरी र सेरेबल पाल्सी जस्ता समस्याहरुको उपचार सजिलै गर्न सकिन्छ ।
फिजियोथेरापी उपचार पद्धती भर्खरै जन्मेको बच्चादेखि नमरुन्जेलसम्म हरेक उमेरका ब्यक्तिविशेषमा प्रयोग गर्न सकिन्छ । अझ गर्भवती भएको अवस्थामा फिजियोथेरापी गर्नाले नर्मल डेलिभरी हुनसक्ने सम्भावना रहन्छ । साथै आँङ खस्ने, ढाड दुःख्ने जस्ता समस्याबाट बच्न सकिन्छ ।

फिजियोथेरापी सेवा लिने एउटै मात्र अवस्था हुँदैन
शुक्रबार, चैत १५, २०८१