नेभिगेशन

योग खाली पेट गर्नु उपयुक्त कि नास्तापछि ?

नेपाल हेल्थ न्युज, काठमाडौँ । आजको व्यस्त जीवनशैली  र अस्वस्थ खानपानले स्वास्थ्यमा नकारात्मक असर पारेको छ। तनाव, मोटोपना, पाचन समस्या र मानसिक असन्तुलन जस्ता समस्याहरू सामान्य बन्दै गइरहेका छन्। यस्तो अवस्थामा स्वस्थ रहन योगलाई जीवनको अभिन्न हिस्सा बनाउनु अति आवश्यक छ। योगले शरीर बलियो बनाउने मात्र होइन, मानसिक शान्ति र ऊर्जा पनि प्रदान गर्दछ।


बिहान उठ्नेबित्तिकै १-२ गिलास पानी पिएर, कम्तिमा ३०-४५ मिनेटको अन्तर राखेर योग गर्नु उपयुक्त हुन्छ। यदि खाली पेटमा योग गर्न कठिनाइ महशुस भए हल्का खानपान (जस्तै, केरा, भिजाएका बदाम, वा एक गिलास कागती पानी) सेवन गर्न सकिन्छ।

यदि तपाईँ बिहान योग गर्न भ्याउनुहुन्न र नास्तापछि मात्र समय मिल्छ  भने, कम्तिमा २-३ घण्टाको अन्तर राखेर योग गर्नु राम्रो हुन्छ। यसले पाचन प्रक्रियामा असर गर्दैन । नास्ता गरेर तुरुन्त योग गर्नु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ।
 
 
 
 
यस्ता छन् खाली पेट योग गर्नुका फाइदा
  •  बिहान खाली पेट हुँदा शरीर हल्का महसुस हुन्छ र ऊर्जा स्तर राम्रो हुन्छ। यसले आसन र प्राणायामलाई सही तरिकाले गर्न सहयोग पुग्छ।
  •  पाचन तन्त्र सक्रिय गराउन र मेटाबोलिज्म वृद्धि गर्न खाली पेट योग लाभदायक हुन्छ। यसले शरीरलाई विषमुक्त बनाउन पनि मद्दत गर्छ।
  •  मानसिक स्वास्थ्य सुधार्न र ध्यान केन्द्रित गर्न खाली पेट योग गर्न उपयोगी हुन्छ। यसले दिनभरको मनोवृत्ति राम्रो राख्न सघाउँछ।
  • यदि वजन घटाउन चाहनुहुन्छ भने खाली पेट योग लाभदायक हुन सक्छ। यसले क्यालोरी बर्न गर्ने क्षमता वृद्धि गर्दछ र बोसो कम गर्न सहयोग गर्छ।
(प्रवीण गौतम योग थेरापिस्ट हुनुहुन्छ ।)
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप योगा