नेपाल हेल्थ न्युज, काठमाडौँ । राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११औं शिखर सम्मेलन यही चैत २८ गतेबाट सुरु हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले चैत २८ देखि ३० गतेसम्म द सोल्टी होटेल, काठमाडौंमा उक्त सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको छ ।
सम्मेलनको मूल नारा स्वास्थ्य, जलवायु, र जनसंख्यामा परिवर्तन दिगो र समातामूलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गर्ने यो सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता, संस्थागत प्रतिनिधिहरू, नीति निर्माता, तथा विकास साझेदारहरूको महत्वपूर्ण सहभागिता रहने अपेक्षा गरिएको सदस्यसचिव डा. प्रमोद जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य तथा जनसंख्याका क्षेत्रमा अनुसन्धानलाई प्रवर्द्धन गर्ने, प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ गर्ने, तथा वैज्ञानिक अनुसन्धानकर्ता र नीति निर्माताबीच सहकार्यलाई बलियो बनाउने सम्मेलनका प्रमुख उद्देश्य रहेको छ ।
सम्मेलनमा एक हजारभन्दा बढी राष्ट्रिय तथा एक सयभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुनेछन्, जसमा भारत, चीन, बेलायत, स्विजरल्यान्ड, जर्मनी, अमेरिका लगायत अन्य मुलुकका विशेषज्ञहरू भौतिक तथा भर्चुअल माध्यमबाट सहभागी हुनेछन्।
सम्मेलनलाई पारदर्शी बनाउन विभिन्न समितिहरू गठन गरिएको छ । कुल २७६ वटा अनुसन्धान प्रस्तुतिहरू प्राप्त भएकामा वैज्ञानिक समितिले निर्धारण गरेको मापदण्डका आधारमा ८७ वटा मौखिक प्रस्तुतिकरण तथा ११५ वटा पोस्टर प्रस्तुतिकरणका लागि छनोट गरिएको छ। साथै, २६ जना आमन्त्रित वक्ता तथा २ जना किनोट स्पिकरहरूले सम्मेलनको मूल विषयमा विशेष प्रस्तुति दिनेछन्।
विशेष रूपमा, स्वास्थ्य अनुसन्धानका १४ विधामा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरूलाई सम्मानस्वरूप अवार्ड प्रदान गरिने छ।
चितवनमा पोहोरको तुलनामा डेंगी र स्क्रब टाइफस संक्रमण घट्दो
आइतबार, मंसिर २८, २०८२
एक वर्षदेखि चिकित्सकविहीन छ पाटनको भेटेरिनरी अस्पताल
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माणमा अब ढिलासुस्ती सह्य नहुने : कुलमान घिसिङ
आइतबार, मंसिर २८, २०८२
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
