नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेल आजदेखि शुरु भएको छ । काठमाडौंको द सोल्टी होटलमा भएको सो सम्मेलनको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गर्नुभयो ।
स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समातामुलक भविष्यको लागि उत्थानशील स्वास्थ्य भन्ने नाराका साथ शुरु भएको सो सम्मेलनमा एक हजारभन्दा बढी राष्ट्रिय तथा एक सय भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरूको उपस्थिति रहने छ।
सम्मेलनमा भारत, चीन, युनाइटेड किंगडम, स्विजरल्यान्ड, जर्मनी, अमेरीकाबाट विज्ञहरूको भौतिक तथा भर्चुअल सहभागीता रहने जनाइएको छ ।
सम्मेलनमा ८७ वटा मौखिक प्रस्तुतिकरण र ११५ वटा पोस्टर प्रस्तुतिकर का लागि छनोट भएका छन् । साथै २६ जना आमन्त्रित र २ जना किनोट स्पिकरले सम्मेलनको मुल नारामा केन्द्रित रहेर प्रस्तुति दिने जनाइएको छ । सम्मेलनमा स्वास्थ्य अनुसन्धानका १४ वटा विधामा उत्कृष्ट व्यक्तिलाई अवार्डद्वारा सम्मानित गरिने समेत जानकारी दिइएको छ।
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
बुधबार, फागुन ६, २०८२
नेपाल चिकित्सक संघको कार्यसमितिको कार्यकालबारे फरक मत दर्ता
बुधबार, फागुन ६, २०८२
डा. विकास गौचनलाई २०२६ मोन्टेगट ग्लोबल स्लोकलर अवार्ड
बुधबार, फागुन ६, २०८२
