नेपाल हेल्थ न्युज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याइँदै छ । बुद्ध एअरको जहाजबाट प्रसाईं र उहाँको अंग रक्षक दिपक खड्कालाई काठमाडौं ल्याउन लागिएको हो ।
झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि प्रसाईं र उहाँको अंग रक्षक खड्कालाई काठमाडौं ल्याइँदै गरिएको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
गत चैत १५ गते राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा हिंसा भड्काएको आरोप लागेपछि प्रसाईं फरार हुनुहुन्थ्यो। प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

