नेपाल हेल्थ न्युज, बाँके । नेपालगञ्जमा २ वर्ष मुनिका बच्चाहरुका २८ जना आमाहरुलाई पोषण सम्बन्धि दुइदिने बृहत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ को सहयोगमा हाम्रो शहरी स्वास्थ्य केन्द्रको टिमले चैत २७ र २८ गते सो कार्यक्रम सम्पन्न गरेको हो ।
सो अवसरमा सन् २०३० को नेपालको लागि दिगो विकासको लक्ष्यसहित आफ्नो स्वास्थ्य संस्थाको तथ्यांकलाई स्वास्थ्य संस्था रहेको वडाका अध्यक्ष मनोज कुमार श्रेष्ठलाई बुझाइएको थियो ।
कार्याक्रमको सहजीकरण सोही शहरी स्वास्थ्य केन्द्र २ का स्वास्थ्य संस्था प्रमुख आइतवारी चौधरी, हेल्थ असिस्टेन्ट अनिष अहमद मनिहार तथा अ.न.मी. रिता शाहीले गर्नुभएको थियो । समापन कार्याक्रममा वडाका महिला सदस्य तथा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष गीता देवि राणाले कार्याक्रम धेरै राम्रो भएको र सो कार्याक्रममा आफुले सिकेका ज्ञानगुनका कुराहरु आफ्नो घर वरिपरि रहेका अन्य दिदिबहिनीहरुलाई पनि सिकाउन सहभागीहरुलाई अनुरोध गर्नुभयो । वडा अध्यक्ष तथा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार श्रेष्ठले कार्याक्रम धेरै राम्रो रहेको र आगामी दिनहरुमा पनि स्वास्थ्य संस्थालाई यस्तै अन्य कार्याक्रमहरु सञ्चालन गर्न आफु सदैव तयार रहेको प्रतिवद्धता गर्नुभयो ।
हाम्रो शरीरलाई स्वस्थ राख्न, बृद्धि विकास गर्न तथा शक्ति प्रदान गर्न आवश्यक पर्ने पोषक तत्वहरुको आवश्यकता तथा हामीले दैनिक खाने आहार बीचको सन्तुलनलाई नै पोषण भनिन्छ । पोषण बिभिन्न खानाहरुको समूह जस्तै अन्न जन्य स्रोत, गेडागुडी, हरियो सागपात तथा फलफूल र पशुपंक्षीजन्य स्रोतबाट प्राप्त गर्न सकिन्छ ।
विभिन्न कारणहरुले हाम्रो शरीरलाई एक वा धेरै पोषकतत्वहरुको न्युन वा अधिक हुन गई शरीरको एउटा असामान्य अवस्थालाई कुपोषण भनिन्छ । कम तौलको बच्चा जन्मनु, संक्रमण हुने, आमाले बच्चालाई ६ महिना सम्म पूर्ण स्तनपान नगराउनुआदि कारणले बालबालिकाहरुमा कुपोषण हुने गर्छ ।
विश्व पोषण प्रतिवेदन २०१६ अनुसार आज हामीले आफ्नो बालबालिकाहरुमा १ रुपियाँ लगानी गर्यौं भने त्यसले भविष्यमा १६ रुपियाँ बराबरको प्रतिफल प्राप्त हुन्छ । बालबालिकाको ८० प्रतिशत बौद्धिक विकास आमाको गर्भमा आएदेखि २ वर्षभित्र हुन्छ जसलाई सुनौलो हजार दिन भनिन्छ ।विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार गर्भावस्थामा ३० प्रतिशत, जन्मेको १ वर्षभित्र २५ प्रतिशत, २ वर्षभित्र २५ प्रतिशत, ५ वर्षभित्र १० प्रतिशत र ५ वर्षपछि १० प्रतिशत वौद्धिक विकास हुने गर्छ ।
नेपालको लागि दिगो विकास तक्ष्य अनुसार ५ वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनालाई सने २०३० को अन्त्यमा १५ प्रतिशतमा झार्ने, ख्याउनेपनालाई घटाएर ५ प्रतिशतभन्दा कममा झार्ने, रक्तअल्पतालाई १० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ भने प्रजनन उमेरका महिलाहरुमा हुने रक्तअल्पता सम्बन्धि समस्यालाई १० प्रतिशतमा झार्ने रहेको छ । यो लक्ष्यलाई प्राप्त गर्न नेपाले झै धेरै नै मेहनत गर्नुपर्ने नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ को तथ्यांकले देखाउँछ । सो तथ्यांक अनुसार नेपालका पाँच वर्षमुनिका बालबालिकाहरुमध्ये २५ प्रतिशतलाई पुड्कोपन, १९ प्रतिशतलाई कम तौल तथा ८ प्रतिशतलाई ख्याउटेपनाको समस्या रहेको छ । सोही तथ्यांक अनुसार प्रजनन् उमेरका महिलाहरुमा हुने रक्तअल्पताको समस्या नेपालमा अहिले पनि ३४ प्रतिशत रहेको छ ।
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
